मुसिकोटमा कोरोना सक्रंमण बृद्दि दर उच्च,अति आबस्याक काम बाहेक घर बाहिर ननिस्कन अनुरोध

गोविन्द कंडेल, मुसिकोट गुल्मी। मुसिकोट नगरपालिका गुल्मीमा थप १६ जनामा कोरोना सक्रंमण पुष्टी भएको छ ।

संकास्पद लक्षण देखिएका २१ जनाको आज वामीटक्सार स्वास्थ्य चौकीमा गरिएको एन्टिजेन परिक्षणमा नगरपालिकाको कार्यालयमा कार्यरत ४ जना कर्मचारी १ जना जनप्रतिनिधी वडा नं। ८ को शारदा माद्यमिक विधालयमा कार्यरत २ जना शिक्षक र ९ जना समुदाय स्तरका व्यक्तीहरु गरी १६ जनामा आज कोरोना सक्रंमण पुष्टी भएको हो ।

यो सँगै नगरपालिकामा सक्रिय संक्रमितको संख्या ३५ पुगेको मुसिकोट नगरपालिकाका स्वास्थ्य सयोंजक डि।वि।जि।सी।ले जानकारी दिनुभयो ।

उनिहरूमा ज्वरो रुघा खोकी लगायतका समस्या देखिए पछि स्वास्थ्य चौकीमा ऐन्टिजेन परिक्षण गरीएको वताइएको छ ।

रुघाखोकी र ज्वरो देखिए पनि उनिहरुको स्वास्थ्य अवस्था जटिल नरहेको र अहिले होम आईसोलेसनमा पठाईएको उहाँले बताउनुभयो ।

उनिहरूको सम्पर्कमा आएका परिवारका सदस्यहरुलाई सँकास्पद लक्षण देखिएमा कन्ट्याक ट्रेसिङ गरी ऐन्टिजेन परिक्षण गरिने नगरपालिकाले जनाएको छ ।

यसै विच नगरपालिकाको कार्यालयमा कार्यरत कर्मचारी र जनप्रतिनिधी सँगै समुदायमा व्यापक संक्रमण देखिए पछी अव के गर्ने भन्ने विषयमा नगरपालिकाले तयारी सुरु गरेको छ साथै यसै विचमा थप रणनिती तयार गर्न मुसिकोट नगरपालिका स्तरिय विपद व्यवस्थापन समितिको वैठक वोलाइएको मुसिकोट नगरपालिकाका सूचना अधिकारी प्रकाश घिमिरेले जानकारी दिनु भयो ।

यो पनि पढनुहोस् गुल्मी । कोरोनाभाइरस संक्रमणको दोस्रो लहर समुदायस्तरमा फैलने क्रम बढ्दै गएपछि गुल्मीमा पनि लकडाउन घोषणा गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको अध्यक्षतामा बसेको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन समिति डिसीसीएमसीको बैठकले शनिवार राति १२ बजेदेखि लागू हुने गरी एक हप्तासम्म लकडाउन गर्ने निर्णय गरेको हो । जस अनुसार भोली राति १२ बजेदेखि २५ वैशाखसम्म लकडाउन हुने भएको हो ।

उक्त अवधिमा औषधि पसल चौबिसै घण्टा खुल्ने छन् भने अत्यावश्यक उपभोग्य बस्तु बेच्ने पसल विहान ७ देखि नौ बजेसम्म, निर्माण सामग्री बेच्ने पसल विहान ७ देखि ९ बजेसम्म र बैंक तथा होटल दिउँसो १० देखि १२ बजेसम्म खुलाउन पाइने भएको छ ।

यसबाहेक सडकमा अत्यावश्यकबाहेक अन्य सवारी साधन सञ्चालन गर्न पाइने छैन । तर जिल्ला हुँदै चल्ने लामो दूरीका सवारी साधन भने चल्न पाउनेछन् । तर जिल्ला भित्र रोकिन भने पाउने छैनन् । त्यस्तै एम्बुलेन्स, प्रेस, दुध , पानी बोक्ने गाडीहरु भने चल्न पाउने प्रशासनले जनाएको छ ।

जिल्लामा कोभिडको दोस्रो लहर व्यापक फैलिदा हालसम्म ६ जनाको निधन भइसकेको छ भने २ सय भन्दा बढी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय