म किन लकडाउनको बिरुद्दमा भनेर प्रश्नगर्नुहुनेहरुलाई जवाफ

पिताम्बर भण्डारी,गुल्मी – एउटा सामान्य किसान परिवारमा जन्मियर धेरथोर पढ्न र दुई छाक खानको निम्ति संघर्ष गरिरहेको परिवारको सदस्य हुँ।
म जस्तो कति हुनुहुन्छ यो देशमा?
जो आफ्नो परिवारको पेट भर्नको निम्ति दिनरात खटिरहनु भएको छ,यस्को तथ्याङ्क तपाईहरुले खोज्नुभयो भने भेट्नुहुन्छ।

अब प्रसंग तर्फ लागौ।
कोरोनासंग नडाउनुस भन्नुको अर्थ यो हैन कि तपाईं सतर्क नरहनुस्,सतर्कता अपनाउ सकभर अनाबस्यक रुपमा गरिने भेटघाटहरु बन्द गरौ तर काम बन्द नगरौ।
बिस्वभरिको कोरोना लागेर निको हुने र मृत्यु हुनेको तथ्याङ्क हेर्ने हो भने लगभग 5-7 प्रतिसत मात्रै मृत्यु भएको देखिन्छ। मतलब जति तपाईं हामिलाई विभिन्न माध्यमबाट जानकारी आईरहेको छ त्येती खतरनाक भने पक्कै हैन कोरोना तसर्थ सतर्कता सहित काम गर्ने वातावरण बनाउ भनेको हुँ मैले।

लकडाउनको बिकल्प नदेख्नुहुने तपाईहरुलाई म अरु केही भन्दिन।
तर एक दुई कुरा भन्छु।
यदि सरकारले त्येतिनै जनताको स्वास्थ्यको चिन्ता गर्छ भन्ने लाग्छ भने अलि अस्ति आदरणिय प्रधानमन्त्री र प्रचण्ड ज्यु को पार्टिमा आन्तरिक मनमुटाव हुदाँ देशमा शक्ति प्रदर्शन कार्यक्रम किन राखियो?

त्येतिबेला कोरोना थिएन र ?
कि उहाँहरुले निम्तो गरेको ठाउँमा जादा कोरोना लाग्दैन?
अघिल्लो लकडाउनको 7-9 महिना भित्र करिब करिब 10,000 मान्छेहरुले आत्महत्या गरे जस्लाई कोरोना हैन लकडाउन/ऋण लागेको थियो।

सरकारी कर्मचारिहरु काम नगरी घरमा बस्दा पनि तलब आउँछ,त्यो तलब दिनको लागि लकडाउनको समयमा पनि तपाईहामिले कर बुझाउनु पर्छ बिना आम्दानी त्यो कटौती गरेर लकडाउनको समय भरी तलब नदिने निर्णय किन गर्दैन ?

तपाईलाई आबस्यक परेको अबस्थामा सरकारले कहिकतै केही गरेको छ? भोकले मर्न लागेका जनतालाई नि सुल्क खाना खुवाईरहदा सहरको सुन्दरता बिग्रीयो भन्ने सरकार यहि हो।
लकडाउन कस्तो क्षेत्रमा तोकिएको छ त्यो पनि हेर्नुहोस्। सरकारी कार्यलय खुल्छ,बैँक खुल्छ,कर कार्यलय खुल्छ, तर सवारी साधन खुल्दैन,प्राईभेट कम्पनिहरु खुल्दैन,श्रम गर्ने भारी बोकेर गुजारा गर्ने मजदुरले काम गर्न पाईदैन तर शक्तिवाला ब्यक्तिहरुले पास लियर मनलाग्दी गर्न पाउँछन्।

जून बर्गलाई सबैभन्दा बढी कमाईको जरुरत छ उनिहरुले कमाउने ठाउँ नपाउने तर कर तिर्नु पर् बैंकमा किस्ता हाल्नै पर्ने। जो संग बसेपनी सरकारी तल पुर्वतैयारिसाथ लकडाउन गरेको भए हामी स्विकार्न सक्थ्यौ तर भोकै मर्दा केही हुँदैन कोरोनाले मर्नु भएन भनेर भ्रम सृजना गरेर हामिलाई तर्साईरहने सरकार र सम्बन्धीत निकायको कुनैपनी निर्णय नमान्ने घोषणा गर्द्छु।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय