पुर्वमन्त्री गोकर्ण विष्टद्वारा मुसिकोटमा स्वास्थ्यचौकी भवनको सिलान्यास

महेन्द्र घिमिरे, मुसिकोट गुल्मी

गुल्मीको मुसिकोट नगरपालिका वडा न १ पौदी अमराइ स्थित पौदीअमराइ स्वास्थचौकी भवनको एक कार्यक्रम बिच पुर्ब मन्त्री तथा गुल्मी क्षेत्र न २ का प्रतिनिधि सभा सदस्य माननीय गोकर्णराज बिष्टले शनिबार सिलान्यास गर्नुभएको छ।

बहुवर्षीय योजना अनुसार भवन निर्माण १८ महिनाभित्र सम्पन्न हुनेछ।

कुल लागत भ्याट बाहेक रु २,३९,२३,७४३ (दुइ करोड, उनान्चालिस लाख, तेइस हजार, सात सय त्रिचालिस) मा सम्पन्न हुने उक्त भवन इन्जिनियर टीका थापाले जानकारी गराउनु भयो।

हाल सानो स्थान बाट सेवा प्रवाह गरिरहेको स्वास्थ्य चौकीले भवन निर्माण भएमा गुणस्तरीय सेवा प्रबाहमा थप सहयोग पुर्याउने अपेक्षा गरिएको छ।

भवन सिलान्यास कार्यक्रममा बोल्दै प्रमुख अथिती एवं पुर्ब मन्त्री तथा प्रतिनिधि सभा सदस्य माननीय गोकर्णराज बिष्टले प्राथमिक सेवा उपलब्ध गराउने गरि स्वास्थ सेवालाई स्तरउन्नति गर्नुपर्ने बताउनु भयो ।

योजनाहरुको दिगो र प्रभावकारी कार्यान्वयन गर्नको लागि स्थानीय जनप्रतिनिधि र जनता जागरुक हुनुपर्ने बताउनु भयो।

आफू सधै जनता साथमा रहेको बताउदै बिकास निर्माणको कामलाई तीब्र रुपमा अगाडि बढाइएको तर पछिल्लो समय कोभिडको कारण केही असहज परिस्थिति सिर्जना भएकोले यसलाइ सबै मिलेर सहजताकासाथ पार लगाउनुपर्ने बताउनु भयो।

कार्यक्रममा मुसिकोट नगरपालिका प्रमुख सोमनाथ सापकोटा, वडा अध्यक्षहरु, कार्यपालिका सदस्य, वडा सदस्य, समाजसेबी, राजनैतिक दलका प्रतिनिधि, स्वमसेबिकाहरु लगायतको उपस्थिति रहेको कार्यक्रममा स्वास्थ चौकी ब्यबस्थापन समिति अध्यक्ष पुर्ण बहादुर हितान मगरको सभाध्यक्षता स्वास्थ चौकि प्रमुख प्रतिमा श्रेष्ठको स्वागत मन्तव्य र संचालन दिपक खरेलको रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय