गुल्मीमा  बिद्यार्थीको सहकार्यमा घरपालुवा सडक जनावरको उधार

अनिष पन्थी गुल्मी । गुल्मीमा मानबको उच्च बिशेषता-मानबतालाइ ब्युताउने र प्रलय हुन नदिने र पशुहरुको लागि मुख्य उदेश्यले आज गुल्मी सदरमुकाम तम्घासमा सिद्धबाबा माध्यमिक बिधालय तम्घास गुल्मीका बिद्यार्थी ले तम्घास बजारमा रहेका बेबारिसे, भोक भोकै पिडामा छटपटिएका घरपालुवा जनावरहरुलाइ खाना खुवाउने कार्यक्रम सम्पन्न गरेको छन।

सिद्धबाबा मावी का कक्षा ८ देखि १२ सम्म अध्यन्न गर्ने केही विद्यार्थी र शिक्षकहरु सहभागी भइ उक्त कार्यक्रम गरिएको कार्यक्रम नेतृत्व गरिरहेका बिद्यार्थी बिकास पुनले बताए । भेटेनरी डाक्टर मदन भण्डारि सङ्गको सहकार्यका खाना खुवाउने मात्र नभई करिब ५० वटा कुकुरलाइ रयाबिज विरुद्धको खोप पनि लगाइएको बिद्यार्थी पुनको भनाइ छ।

बिधालयका शिक्षक,बिद्यार्थी र केही स्थानीय व्यक्तिको सहयोगमा उक्त कार्यक्रम समपन्न गरिएको छ।

साथै सबैले साथ र सहयोग गरेमा आगामी दिनहरुमा यस्तै कार्यक्रम गर्दै जाने बिद्यार्थीहरुले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय