छिमेकीले चलाएको गो;ली लागि एक जनाको मृ’त्यु

ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–२ सान्थाक्रामा छिमेकीले चलाएको भरुवा बन्दु.कको गो-ली लागि एक जनाको मृ;त्यु भएको छ ।

बिहीबार साँझ सान्थाक्राको दिदीमागाउँका आकाश लिम्बूले चलाएको भरुवा बन्दु/कको गो.ली लागेर छिमेकी खड्क लिम्बूको मृ*त्यु भएको हो ।स्थानीय जालपादेवी निम्न माध्यमिक विद्यालयमा कार्यरत ५० वर्षीय लिम्बूलाई घरको आँगनमा निस्किएको समयमा आकाशले लुकीछिपी गो:ली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले बताएको छ ।

प्रताप भनेरसमेत चिनिने ३० वर्षीय आकाश प्रहरीको नियन्त्रणमा छन् भने घ.टनामा प्रयोग भएको भरुवा ब”न्दुकसमेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

आकाशलाई घरदेखि केही तल जङ्गलमा लुकीछिपी बसेको अवस्थामा प’क्राउ गरिएको थियो । घट’नाको कारण भने खुलेको छैन ।- ज्योतिन्यूज

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय