अमेरिकाबाट अन्तरवार्ता लिन आए, घर निर्माणका लागि आर्थिक सहयोग गरे

उर्लाबारी, १७ मंसिर/सामाजिक सञ्जालमा भाइरल दम्पति इलाम, चुलाचुली–३ का ६७ वर्षिय सिँहप्रसाद लिम्बु र २१ वर्षिया पुजा लिम्बुको अन्तरवार्ता लिन अमेरिकाबाट एक युवक आएका छन् । अमेरिकाको क्यालिफोर्नियाबाट रमेश श्रेष्ठ नाम गरेका युवक सोमबार भाइरल दम्पतिको घर पुगेका थिए । उनले भाइरल दम्पतिको झण्डै २० मिनेट लामो अन्तरवार्ता लिएका छन् । अमेरिकाको क्यालिफोर्नियामा कार्यरत श्रेष्ठले भाइरल दम्पतिको घरमै पुगेर आर्थिक सहयोग समेत गरेका छन् । उनले भाइरल दम्पतिको घरको अवस्था नाजुक भएकोले घर निर्माणमा सबैले सहयोग पुर्याउनुपर्ने बताएका छन् ।

अमेरिकाबाट आएका श्रेष्ठले घर निर्माणका लागि पाँच हजार रुपैयाँ नगद सहयोग गरेका छन् । श्रेष्ठले सहयोग उपलब्ध गराएको रकम घर निर्माणका लागि चुलाचुलीस्थित एनएमबी बैंकमा सञ्चालन गरिएको खातामा जम्मा गरिएको छ । श्रेष्ठले भाइरल दम्पतिको घरको अवस्था अत्यन्तै दयनिय रहेकोले सहयोग गर्न सबैसँग आग्रह गरेका छन् ।
भाइरल दम्पतिको घर निर्माणमा सहयोग पुर्याउन चाहानेका लागि निम्न मोबाइल नं।उल्लेख गरिएको छ :
संयोजक : रूपेन्द्र शेर्मा–९८४२०९२४०६, ९८०४०८६८०६
सचिव : वुद्धराज लिम्बु–९८१५९४८२२७
कोषाध्यक्ष : सुनकुमार केरुङ–९८१७९६१९६८

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय