सुरक्षाकर्मीको तर्फबाट कम्तीमा ५१ जना बालबालिकाको ज्यान गयो

म्यानमारमा सुरक्षाकर्मीको तर्फबाट कम्तीमा ५१ जना बालबालिकाको ज्यान गएको विवरण सार्वजनिक भएको छ ।

आन्दोलनका क्रममा सुरक्षाकर्मीको तर्फबाट भएको हिंसामा परि उनीहरुको ज्यान गएको संयुक्त राष्ट्रसङ्घले जनाएको हो ।आन्दोलनकारीका विरुद्ध सुरक्षाकर्मीले गरेको आक्रमणका क्रममा उनीहरूको ज्यान गएको राष्ट्रसङ्घका प्रवक्ता स्टेफन डुजार्रिकले भन्नुभयो ।

गएको फेब्रुअरी १ देखि अहिलेसम्म म्यानमारमा आन्दोलनका क्रममा सुरक्षाकर्मीहरुको तर्फबाट मारिएकामध्ये कम्तीमा ५१ जना बालबालिका रहेका उहाँको भनाइ छ ।

आन्दोलनमा लागेको आरोपमा झण्डै एक हजार बालबालिकालाई सुरक्षाकर्मीले पक्राउ गरेको पनि उहाँले जानकारी दिनुभयो ।

हिंसा रोक्न र शान्तिको बाटो रोज्न राष्ट्रसङ्घले पटक पटक आग्रह गरे पनि हिंसात्मक घटनाहरू भइरहेको भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभएको छ ।

पछिल्लो संसदीय निर्वाचनको नतिजाप्रति असन्तुष्ट सेनाले फेरि चुनाव गराउने बहानामा म्यानमारको सत्ता हातमा लिएको छ ।

तत्कालीन नयाँ संसदको पहिलो बैठक बस्ने तय भएकै दिन फेब्रुअरी १ तारिखमा सेनाले शीर्ष नेताहरूलाई थुनामा राखेर सत्ता नियन्त्रणमा लिएको घोषणा गरेको हो ।

आन्दोलनका क्रममा म्यानमारमा अहिलेसम्म ७०७ जनाभन्दा धेरैको ज्यान गइसकेको छ/उज्यालोबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय