अभिमुखिकरण तथा स्व मूल्याकंनमा मुसिकोट नगरपालिकाले ७१.५ ल्याउन सफल

महेन्द्र घिमिरे, मुसिकोट गुल्मी,नबखबर

मुसिकोट नगरपालिका गुल्मीको आयोजना र प्रदेश प्रशिक्षण लुम्बिनी प्रदेश नेपालगन्जको सहयोगमा समृद्ध प्रदेश खुसी जनताको नारा सहित स्थानीय तह सस्थागत क्षमता स्व मुल्यांकन अभिमुखिकरण तथा स्व मुल्यांकन कार्यशाला चैत२८ देखि ३१ गते सम्म मुसिकोट नगरपालिका वडा ७ को रुद्रावती बहुमुखी क्याम्पसमा सन्चालनमा रहेको थियो।

स्थानीय तहको कार्य प्रक्रिया र उपलब्धिहरुको बारेमा लेखाजोखा गरि सबल र दुर्बल पक्षहरूको पहिचान गर्न बिकास तथा सुसासनमा रहेका कमिकमजोरिहरुको जानकारी लिन र आबधिक समिक्षाको लागि आधार प्राप्त गर्न र नगरपालिकाहरुबिचको तुलनायोग्य सुचकहरु तर्जुमा गरि प्रतिस्प्रधात्मक सुधारमा अग्रसर गराइ स्थानीय तहलाई सक्षम र प्रभावकारी बनाउन स्व मूल्याकंनले मह्त्वपुर्ण भुमिका निर्बाह गर्ने गुल्मी जिल्ला समन्वय अधिकारी बिजय कुमार कार्कीले बताउनु भयो।

१० विषय क्षेत्रमा १०० वटा सुचक र १००अङ्कभार लाई आधारित मानेर स्व मुल्यांकन गर्दा ७१.५ नम्बर प्राप्त गरेको थियो।

मुसिकोट नगरपालिकाका आर्थिक बर्ष २०७६/०७७ मा समग्र रुपमा गरेको कार्यसम्पादनको आधारमा निर्धारण गरिएको हो।

स्थानीय तहको स्व मूल्याकंन प्रत्येक बर्स गर्नुपर्ने प्रावधान रहेको छ।

मन्त्रालयले स्व मुल्यांकन नतिजाको आधारमा उत्कृष्ट स्थानीय तहको घोषण गर्न सक्ने,स्व मुल्यांकनले स्थानीय तहको सम्ग्र पक्षको जानकारी र आगामी दिनमा गुणस्तरीय सेवा प्रवाह र अन्य सुचकहरुलाइ पुरा गर्ने सहयोग पुर्याउले स्वतन्त्र बिज्ञ तुल्सी राम न्यौपानेले बताउनु भयो।

मुसिकोट नगरपालिका प्रमुख सोमनाथ सापकोटाले गुल्मी जिल्लामा नया नगरपालिकाको रुपमा स्थापन भएको मुसिकोट नगरपालिकाले राम्रो कार्यसम्पादन गरेकोमा जनप्रतिनिधि र कर्मचारी टिमलाइ बधाई तथा शुभकामना ब्यक्त गर्दै आगामी दिनमा अझ उत्कृष्ट कार्यसम्पादनमा लाग्न अनुरोध गर्नुभयो।

मुसिकोट नगरपालिका प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसालले नगरपालिका टिमको योगदानले गर्दा उत्कृष्ट नम्बर ल्याउन सफल भएकोमा खुसी ब्यक्त गर्दै आगामी दिनमा अझ समग्र बिकासको क्षेत्रमा कार्यसम्पदानलाई बढाउदै लैजाने प्रतिबद्धता ब्यक्त गर्नुभयो।

कार्यक्रम समापन समारोह मुसिकोट नगरपालिका प्रमुख सोमनाथ सापकोटाको सभाध्यक्षता रहेको कार्यक्रममा सहजीकरण बिजय कुमार कार्की, तुल्सिराम न्यौपाने र नगरपालिकाबाट सुचना प्रबिधी शाखा प्रमुख समुन्द्र बिक्रम रायमाझीले गर्नुभएको थियो ।

कार्यक्रम संचालन मुसिकोट नगरपालिका प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसालले गर्नुभएको थियो।
का र्यक्रममावडा अध्यक्ष कार्यपालिका सदस्य मुसिकोट नगरपालिकाका शाखा प्रमुख लगायतको उपस्थितिमा सम्पन्न भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय