गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका ७ वामीटक्सारमा निशुल्क स्वास्थ्य शिविर आयोजना गरिने भएको छ ।
मुसिकोट यूनेस्को केन्द्रले यही वैशाख १८ गते नेपालकै चर्चित विशेषज्ञ चिकित्सकको उपस्थितीमा स्वास्थ्य शिविर आयोजना गर्न लागेको हो । मुसिकोट नगरपालिकाभित्र बस्ने बिरामीहरुलाई लाभ पुग्नेगरी हाडजोर्नी, बाथ तथा स्नायु रोगको स्वास्थ्य शिविर राखिएको केन्द्रका अध्यक्ष मोहन घिमिरेले जानकारी दिनुभयो ।

उहाँका अनुसार उक्त शिविरमा विशेषज्ञ डा. अरुण कुमार गुप्तासहितको टोली उपस्थित हुनेछ । सो शिविरको लागि र्युम्याटिक ट्रिटमेन्ट सेन्टर काठमाडौँ र काठमाडौँ हेल्थ केयर बुटवलको प्राविधिक सहयोग रहने भएको छ । भने अन्य विभिन्न दातृ निकायहरुले पनि आर्थिक सहयोग गर्ने बताइएको छ ।
वामीटक्सारमा हुने उक्त शिविरमा अधिकतम विरामीहरुलाई स्वास्थय लाभ लिन पाउने गरी सबैलाई प्रचारप्रसार गर्न पनि आग्रह गरिएको छ । त्यस्तै उपचारसँगै औषधि पनि निशुल्क उपलब्ध गराइने अध्यक्ष घिमिरेले बताउनुभयो ।
ज्योतिन्यूजबाट