नयाँ वर्ष र रमजान पारेर मुस्लिम क्लवद्वारा शुभकामना आदानप्रदान

विष्णुप्रसाद आचार्य (चकित)/नबखबर

मुस्लिम धर्मावलम्बीहरुको महान पर्व रमजानको रौनक छाएसंगै मुस्लिम समुदायले भव्य तयारि थालेको छ

विक्रम संवत (नया वर्ष) २०७८ सालको आगमनसंगै यस वर्ष मुस्लिम समुदायमा रमजान पर्वले छपक्कै छाएको छ,

यतिबेला मुस्लिम समुदायका विभिन्न संघसस्थाहरुले विभिन्न सामाजिक कार्यक्रमसंगै आफ्ना धार्मिक क्रियाकलाप गरेर एक महिनासम्म रमजान धुमधामसंग मनाउने गर्दछन

सोहि अवसर पारेर मुस्लिम युवा क्लव बुटवलले पनि मुस्लिम समुदायहरुको महान पर्व रमजान तथा नया वर्ष २०७८ सालको अवसरमा सम्पूर्ण देसवासीहरुमा सुख,शान्ति उन्नति,र प्रगतिको कामना गर्दै शुभकामना व्यक्त गरेको क्लवका अध्यक्ष फैयाजुदिन मियाले नबखबरलाई जानकारी दिनुभयो

रमजान पर्व र नया वर्ष यसपाली संगै परेकोले एक महिनासम्म अझ बढी उत्साहकासाथ धुमधामसंग मनाइने पनि फैयाजुदिन मियाले बताउनुभयो

रमजान आफ्नो र आफ्नो समुदायको महान पर्व भएकोले यस समुदायका मानिसहरुले एक महिनासम्म सुर्य उदाउनुपुर्व र सुर्य अस्ताएपछी आफ्नो भोजन गर्ने चलन रहेको उहाले बताउनुभयो

विशेष गरि मुस्लिम समुदायका मानिसहरुको संलग्नता व्यापार व्यवसायमा भएकोले एक वर्षसम्म आफ्नो व्यवसायको लगानीबाट आएको फाइदा रकमको अढाई(2-1/2) प्रतिशत आम गरिव परिवारलाई सहयोग गर्ने प्रचलन रहेको र यस वर्ष पनि उक्त कार्यलाई निरन्तरता दिईने उहाले जानकारी दिनुभयो

यस पर्वमा यस समुदायका मानिसहरुले प्रत्येक दिनको साझ एक महिना सम्म एक घण्टा नमाज (तराबी) पढेर अल्लाह (भगवान)को पुजा गरि एक वर्षभरिमा गरिएका आफ्ना अन्जानमा भएका कामहरु वा गल्तीहरुलाई सच्चिने र आत्मा शुद्दिकरण हुने विश्वास रहेको उहाको भनाइ छ

एक महिनासम्म यसरि नियमित शुद्दिकरण गरि धार्मिक कार्य पश्चात इदुलफित्र मनाइने र इदुलफित्रमा आफन्तजन,इष्टमित्रसंग भेटघाट गरि रमाइलो गर्ने प्रचलन रहेको पनि उहाले जानकारी दिनुभयो

अन्य समयमा जस्तै पर्वका दिनहरुमा पनि यस समुदायका मानिसहरुले आफ्नो व्यवसायमा पनि धार्मिक काम सकेर समय दिने गर्दछन

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय