गुल्मीको मुसिकोटमा अभिमुखिकरण तथा स्व मूल्याकंन कार्यशालाको सुरुवात

महेन्द्र घिमिरे, मुसिकोट गुल्मी,नबखबर

गुल्मीको मुसिकोटमा अभिमुखिकरण तथा स्व मूल्याकंन कार्यशाला कार्यक्रमको शनिबारबाट सुरुवात भएको छ

मुसिकोट नगरपालिका गुल्मीको आयोजना र प्रदेश प्रशिक्षण लुम्बिनी प्रदेश नेपालगन्जको सहयोगमा समृद्ध प्रदेश खुसी जनताको नारा सहित स्थानीय तह सस्थागत क्षमता स्व मुल्यांकन अभिमुखिकरण तथा स्व मुल्यांकन कार्यशाला शनिबारबाट शुरु भएको हो

शनिबारबाट सुरु भएको कार्यक्रम चैत ३१ गते सम्म मुसिकोट नगरपालिका वडा ७ को रुद्रावती बहुमुखी क्याम्पसमा सन्चालनमा रहने छ।

कार्यक्रमले स्थानीय तहको कार्य प्रक्रिया र उपलब्धिहरुको बारेमा लेखाजोखा गरि सबल र दुर्बल पक्षहरूको पहिचान गर्न बिकास तथा सुसासनमा रहेका कमिकमजोरिहरुको जानकारी लिन र आबधिक समिक्षाको लागि आधार प्राप्त गर्न सहयोग पुराउने छ

साथै नगरपालिकाहरुबिचको तुलनायोग्य सुचकहरु तर्जुमा गरि प्रतिस्पर्धात्मक सुधारमा अग्रसर गराइ स्थानीय तहलाई सक्षम र प्रभावकारी बनाउन स्व मूल्याकंनले मह्त्वपुर्ण भुमिका निर्बाह गर्ने गुल्मी जिल्ला समन्वय अधिकारी बिजय कुमार कार्कीले बताउनु भयो।

मुल्यांकन गर्दा १० विषय क्षेत्रमा १०० वटा सुचक र १०० अङ्कभारलाई आधारित मानेर स्व मुल्यांकन गरिने छ र प्रत्येक वर्ष मुल्यांकन गर्नुपर्ने प्रावधान रहेको छ।

मन्त्रालयले स्व मुल्यांकन नतिजाको आधारमा उत्कृष्ट स्थानीय तहको घोषण गर्न सक्ने भएकोले स्व मुल्यांकनले स्थानीय तहको समग्र पक्षको जानकारी र आगामी दिनमा गुणस्तरीय सेवा प्रवाहका साथमा अन्य सुचकहरुलाइ पुरा गर्ने सहयोग पुर्याउले स्वतन्त्र बिज्ञ तुल्सीराम न्यौपानेले बताउनु भयो।

अहिले मुसिकोट नगरपालिकाको आ ब २०७६/०७७ को स्व मुल्यांकन गरिदै छ।

कार्यक्रम उदघाट्न समारोह मुसिकोट नगरपालिका उपप्रमुख कमला शर्माको सभाध्यक्षता रहेको कार्यक्रममा सहजीकरण बिजय कुमार कार्की र तुल्सिराम न्यौपानेले गर्नुभएको थियो।

कार्यक्रममा स्वागत मन्तव्य तथा कार्यक्रमको बारेमा मुसिकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसालले गर्नुभएको थियो।

वडा अध्यक्ष,कार्यपालिका सदस्य, मुसिकोट नगरपालिकाका शाखा प्रमुखहरु लगायतको उपस्थिति रहेको कार्यक्रमको संचालन योजना शाखा प्रमुख मुना ज्ञवालीको रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय