डाक्टरलाई सामुहिक करणीपछि हत्या गर्ने ४ भारतीय ‘इन्काउन्टर’मा मारिए, प्रहरीलाई फूलले स्वागत

काठमाडौं । भारतको हैदराबादमा भएको सामूहिक बलात्कारका ४ आरोपीहरूलाई भारतीय प्रहरीले गोली हानी मारेको छ । प्रहरीले बिहीवार नेशनल हाइवेमा चारै जनाको इन्काउन्टर गरेको हो ।

इन्काउन्टरलाई लिएर सर्वसाधारणले प्रहरीको जयजयकार गर्दै फुलले स्वागत गरेका छन् । साथै उनीहरुले प्रहरीले गरेको यो अतीनै सराहनीय काम भन्दै प्रहरीलाई लड्डु खुवाएर जिन्दाबादको नारा लगाएका छन् ।

प्रहरीले आरोपीहरुलाई एनएच ४४मा आपराधिक दृश्य पूनरावलोकन गराउन लिएर जाने क्रममा चारै जना भाग्न खोज्दा गोली हानेको हो । तर, सञ्चारमाध्यमले भने उनीहरूलाई प्रहरी नियन्त्रणमै गोली हानिएको जनाएका छन् । गत २७ नोभेम्बरको रातमा हैदराबादमा कामबाट घर फर्कँदै गरेकी एक महिला डाक्टरलाई चढिरहेको स्कुटर पञ्चर बनाएर उक्त चार जनाले सामूहिक करणी गरी जलाएर मारेका थिए ।

महिलाको जलेको शव बलात्कार गरिएको स्थानभन्दा ४० माइल पर बैंगलोर हैदरावाद राष्ट्रिय राजमार्गको अन्डरपासनजिक भेटिएको थियो । सो घटनामा प्रहरीले चार आरोपीहरूलाई पक्राउ गरेको थियो । प्रहरीले उनीहरूलाई अदालतमा पेस गर्दा अदालतले १४ दिन न्यायिक हिरासतमा पठाएको थियो । हिरासतबाटै उनीहरूलाई प्रहरीले घटनास्थलमा लगेर सीन रिक्रियट गर्ने क्रममा भाग्न खोज्दा हत्या गरेको हो ।

घटनालाई लिएर सुप्रीम कोर्टकी वकील बृन्दा ग्रोवरले प्रहरीले इन्काउन्टरको नाममा हिरासतमा रहेकालाई मार्न नपाउने भन्दै प्रहरीबिरुद्ध मुद्दा लगाउन माग गरेकी छिन् । उनले पुरै घटनालाई स्वतन्त्र न्यायिक जाँचपड्ताल हुनु पर्ने माग गरेकी छिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय