दिपक भट्टराइ, अर्घाखाँची – अर्घाखाँचीमा जिप दुर्घटना हुँदा ७ जना घाईते भएका छन् ।
सुपादेउराली दर्शन गरि फर्कदै गरेको लु १ ज १६५४ नम्बरको जीप भुमिकास्थान ९ ढिकुरामा दुर्घटना हुँदा ७ जना घाईते भएका हुन् ।
प्युठानको ऐरावती ५ बाट दर्शनका लागी आएको जिप फर्कने क्रममा बाटोमै दुर्घटनामा परेको हो ।
दुर्घटनामा घाइते हुनेमा प्युठान ऐरावती ५ का ४५ बर्षीया साबित्रा श्रेष्ठ, १५ बर्षीय बिकाश पाठक, ५४ बर्षीय बुद्धि श्रेष्ठ, २८ बर्षीया सुस्मा घर्ती क्षेत्री, १९ बर्षीया सपना जिसी, ७५ बर्षीया पार्वता श्रेष्ठ र १० बर्षीय जेनिस रायमाझी रहेका छन् ।
घाइतेहरूको जिल्ला अस्पताल सन्धिखर्कमा उपचार भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सुजन शाहले बताए ।
जिपमा सवार १० जना मध्ये ३ जना भने सकुशल रहेका छन् ।गुडिरहेको जिपको तेलको पाईप फुट्दा इन्जिनले काम गर्न छोडेपछि सडकमै जिप अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।
अर्को समाचार, – गलकोट नगरपालिका वडा नम्बर ३ को हटियादेखि डाडाखेत तर्फ जादै गरेको ध १ ज ७८२ नम्बरको ट्याक्सी दुर्घटना भएको छ । दुर्घटना हुँदा ४ जना घाईते भएको गलकोट नगरपालिका वडा नम्वर ३ का वडा अध्यक्ष वीरजंग भण्डारीले जानकारी दिए ।
घाईते हुनेमा गलकोट नगरपालिका वडा नम्वर ३ का २२ वर्षीया पशुपति दर्जी र उजका श्रीमान २५ वर्षीय तेजेन दर्जी, गलकोट नगरपालिका वडा नम्वर ३ निवासी २१ वर्षीय सरिता भण्डारी र चालक गलकोट नगरपालिका वडा नम्वर २ का मनोज भण्डारी रहेका छन् । घाईतेको हात तथा टाउकोमा चोट लागेको छ ।
घाईते ४ जनाकै अहिले गलकोटको हटिया स्थित ईमरजेन्सी पोलिक्लिनिक प्रालिमा उपचार भैरहेको प्रहरी चौकी हटियाले जनाएको छ । साँझ ५ बजेको दुर्घटना भएको ट्राफिक प्रहरी हेमलाल पुरी जानकारी दिए । तीव्र गतिको कारण अनियन्त्रित हुदा ट्याक्सी सडकको कुनामा रहेको ढुङ्गामा ठोक्किएको प्रहरीले जनाएको छ ।
यस्तै गरि बिहिबार बिहान नगरपालिका ३ बौराचौतारामा मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकलमा सवार २ जना गम्भीर घाइते भएका छन् । उनीहरुलाई उपचारको लागि पोखरा पठाइयको छ । त्यसै गरि आजै दिउँसो गलकोट नगरपालिका २ नरेठाटी तोरिखोला मा पिक अप जिप दुर्घटना भएको छ ।
दुर्घटनामा २ जना घाइते भएको र घाइतेहरुको इमर्जेन्सी पोलिकिल्निकमा उपचार भै रहेको गल्कोट नगरपालिका २ का वडा सदस्य भत्तबहादुर घर्तीले जानकारी दिए ।