मुसिकोटमा तेस्रो रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न

महेन्द्र घिमिरे, मुसिकोट गुल्मी

मुसिकोट नगरपालिका गुल्मिले आयोजना गरेको नगरस्तरिय तेस्रो रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७७ चैत १५ र १६ र १७ गते संचालित कार्यक्रमको समापन भएको छ ।

मुसिकोट नगरपालिका वडा न ४ स्थित मुसिकोट नगरपालिका गुल्मीको गौरबको आयोजना ग्वादिकाचौर खेलमैदानमा एक समारोह बिच उदघाट्न गरिएको छ।

मुसिकोट नगरपालिका प्रमुख प्रसासकिय अधिकृत खिमानन्द भुसालले बिजेता टिम तथा सहभागी टिमलाइ बधाई तथा सुभकामना व्यक्त गर्दै मुसिकोट नगरपालिकाले खेलकुद क्षेत्रमा कार्य गरिएको बताउदै यस्ता कार्यक्रमले खेलाडीको बिकासमा सहयोग पुर्याउने बताउनु भयो।

कुल मुसिकोट नगरपालिका भित्र १५ वटा बिधालयको सहभागिता रहेकोमा त्रिभुवन मा बि कुर्घा प्रथम श्री नेपाल रास्टिय मा बि इन्द्रेगौडा दोस्रो र श्री महेन्द्र आदर्श नमुना मा बि वामिट्क्सार तृतीय स्थान हासिल गर्न सफल भयो।सफल टिम हरुलाइ शिल्ड मेडल प्रमाणपत्र तथा नगद पुरस्कार बाट सम्मानित गरियो। मार्चपास मा श्री मालिका इन्लिस बोडिङ्ग वामी टक्सार हुन सफल भयो।

१०० र २०० मिटर छात्र छात्रा दौड, छात्र तथा छात्रा भलिबल छात्र छात्रा कपर्दी विभिन्न दौड प्रतियोगितामा, हाइ जम , लम जम , त्रिपल जम लगायतका खेलहरु सम्पन्न गरिएको छ। नगरस्तरिय रास्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहयोग पुर्याउनु हुने रेफ्री सुरक्षाकर्मी सहयोगीहरुलाइ सम्मान गरिएको थियो।

मुसिकोट नगरपालिका प्रमुख प्रशासकिय अधिकृत खिमानन्द भुसाल को सभाअध्यक्षाता रहेको कार्यक्रममा प्रमुख अतिथी उप प्रमुख कमला शर्मा प्रमुख वडा अध्यक्षहरु ओम बहादुर के सि भागिरथ खरेल खड्का बहादुर

खडका र नारायण सापकोटा कार्यपालिका सदस्य वडा सदस्य विभिन्न शाखा प्रमुख सामाजिक ब्यक्तित्व बिधालयका प्र अ बिद्यार्थीहरु लगायतको उपस्थिति रहेको कार्यक्रमको संचालन चुरा बहादुर छन्तेल को रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय