विष्णुप्रसाद आचार्य (चकित), मुसिकोट गुल्मी, नबखबर
वामी नमुना समाज केन्द्रीय कार्यालयद्वारा शनिबार बिदाई कार्यक्रम समपन्न भएको छ
विगत १३ वर्ष अगाडिदेखि नेपालबाट विदेशको भुमि जापानमा वैदेशिक रोजगारको गन्तव्य बनाउनुभएका प्रेम प्रसाद खरेल र गोमा खरेलले वामी नमुना समाज र जन्मभूमिप्रति गर्नुभएको योगदानको चर्चा र सम्मान गर्दै स्वदेशको बसाइमा फर्कन लाग्नुभएको भन्दै विदाई गरिएको सस्थाका सस्थापक अध्यक्ष एवं संरक्षक दिलिप थापाले नबखबरलाई जानकारी दिनुभयो
विदाइको क्रममा उहालाई सम्मानपत्र प्रदानका साथै सस्थाको केन्द्रीय कार्यालयको सदस्य हुदै सल्लाहकारको भूमिकामा बसी महत्वपुर्ण भूमिका निर्वाह गर्नुभएको भन्दै सम्मान साथ विदाई गरिएको बताइएको छ
कार्यक्रममा प्रमुख अतिथि समेत रहनुभएका प्रेम प्रसाद खरेल तथा गोमा खरेलले आफुलाई यसरि औपचारिक कार्यक्रम नै गरेर स्वदेश वसाइको शुभकामना व्यक्त गर्नुभएको भन्दै नमुना समाजलाइ आभारका शब्द व्यक्त गर्नुभएको थियो
आफु विदेशमा रहदा जसरि जन्मभुमिप्रती सदासयता प्रकट गरियो त्यसरी नै स्वदेशमा केहि काम गर्ने गरि फर्कन लागेको उहाले बताउनुभएको थियो
साथमा नमुना समाजलाई सधै दिलमा राखेर हिड्ने समेत उहाको भनाइ थियो
कार्यक्रममा पुर्ब अध्यक्ष एवम सल्लाहकार रेशम रायमाझी र सल्लाहकार बिष्णु प्रसाद खरालको बिशेष आतिथ्यता लगायत महिला सदस्यहरु पार्बति खरेल, बिष्णु थापा, कल्पना रायमाझी, माया खराल लगायतका सदस्यहरुको उपस्थितमा टोकियोमा भेटघाट तथा बिदाई कार्यक्रम भएको थियो
कार्यक्रममा वक्ताहरुले बिदेसमा केही समय अस्थायी रुपमा बसेपनि आफ्नै भुमिमा फर्केर मातृभूमिको सेवामा केही गर्नु पर्छ भन्ने कुरामा जोड़ दिनुभएको थियो साथमा स्वदेश फर्कन लाग्नुभएका प्रेम प्रसाद खरेल तथा गोमा खरेललाई सु-स्वास्थ्य र नेपाल बसाई सुखमय रहोस भन्ने कामनासंगै सँस्थाको तर्फबाट मायाको चिनोको साथमा पुष्पगुच्छा द्वारा सम्मान गरिएको थियो
कतिपय अग्रज तथा शुभचिन्तकहरुले चाहना हुदाहुदै पनि कार्य ब्यस्तताका कारण कार्यक्रममा धेरै साथीहरुको उपस्थित हुन नसकेकोमा कताकता केहि अपुग भएको महशुस भएको बताउनुभएको थियो।
विदाई कार्यक्रममा उपाध्यक्ष लिला खरेलको सभापतित्व रहेको थियो भने सस्थाका सँरक्षक एवम् सँस्थापक अध्यक्ष दिलिप थापाको सचालनमा कार्यक्रम सम्पन्न भएको थियो