मुसिकोट नगरपालिकाको तेस्रो रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको औपचारिक  उद्घाटन

महेन्द्र घिमिरे, मुसिकोट गुल्मी, नबखबर

मुसिकोट नगरपालिकाको तेस्रो रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७७ को औपचारिक सोमबार उदघाटन भएको छ

मुसिकोट नगरपालिका गुल्मिले आयोजना गरेको नगरस्तरिय तेस्रो रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७७ चैत १५ र १६ को उदघाटन समारोह मुसिकोट नगरपालिका वडा न ४ स्थित मुसिकोट नगरपालिका गुल्मीको गौरबको आयोजना ग्वादिकाचौर खेलमैदानमा एक समारोह बिच उदघाट्न गरिएको हो ।

मुसिकोट नगरपालिकाका प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका सोमनाथ सापकोटाले बोल्दै मुसिकोट नगरपालिकाले खेलकुद क्षेत्रमा विभिन्न कार्य गरिएको बताउदै यस्ता कार्यक्रमले खेलाडीको बिकास सङ्गै ब्यबासियक खेलाडी उत्पादन गर्न सहयोग पुर्याउने बताउनु भयो।

मुसिकोट नगरपालिकाको गौरवको योजना को रुपमा रहेको ग्वादिका चौर लाई जिल्ला स्तरीय खेलमैदानको रुपमा बिकास गरिदै लैजान बताउनु भयो।

उप प्रमुख कमला शर्माले यस्ता कार्यक्रम आयोजनाले बिधालय स्तरीयमा खेलाडी उत्पादनका लागि सहयोग पुराउने बताउनु भयो। मुसिकोट नगरपालिकालाई खेलकुदको क्षेत्रबाट गुल्मी जिल्लामा नै पहिलो हुने गरि काम गर्नुपर्ने बताउनु भयो।

सोमबार भएको कार्यक्रममा ९ वटा बिधालयको सहभागिता रहेको मार्चपास मा श्री मालिका इन्लिस बोडिङ्ग वामी टक्सार हुन सफल भएको छ। त्यस्तै १०० र २०० मिटर छात्र छात्रा दौड प्रथम चरणका छात्र तथा छात्रा भलिबल लगायतका खेलहरु सम्पन्न गरिएको छ।

पहिलो दिनको उद्घाटन सत्रको कार्यक्रम अन्तरगत मार्चपास सटपुट छात्र छात्रा,१०० मिटर दौड छात्र छात्रा सम्पन्न भएका हुन् भलिवल खेल आज केही र भोलिको लागि केही खेल भएपनी बाकि भोलि सन्चालन हुनेछन

त्यस्तै छात्र १०० मिटर दौड अन्तरगत त्रिभुवन मा बि भुवाचिदीका बिजय बि.क प्रथम,दुर्गाभवन मा.बि आपचौरका बाबुराम बि.क द्वितीय,जजागृती मा.बि बडागाउका सागर सुनार तृतिय भएका छन

छात्रा १०० मिटर दौडमा त्रिभुवन मा.बी कुर्घा कि विष्णु राना प्रथम,महेन्द्र आदर्श नमुना मा.वि कि सङ्गिता राना द्वितीय,मालिका इङ्ग्लिस बोर्डिङ्गकी रेजिना के सि तृतीय भएकी छन

सटपुट छात्रमा शारदा विद्या मन्दिर मा बि वामिका सुशील बिक प्रथम,मुसिकोट माबी बडागाउका पर्वत बगाले द्वितीय,त्रिभुवन माबी भुवाचिदिका प्रकाश शर्मा तृतिय भएका छन

त्यस्तै छात्रा सटपुटमा त्रिभुवन माबी कुर्घा भुवाचिदिकी रन्जिता थापा प्रथम,नेपाल राश्टृय मा बि इन्द्रेगौडाकी निर्मला कुमाल द्वितीय र त्रिभुवन माबी कुर्घा भुवाचिदिकी निनु सिङ्ग ठकुरी भएकी छन

जसमद्धे भलिवल खेल अन्तरगत छात्र तर्फ त्रिभुवन मा बि भुवाचिदी फाइनल प्रवेश गरेको छ भने शारदा विद्या मन्दिर मा बि वामिमैदान सेमिफाइनल प्रवेश गरेको छ

छात्रा भलिबल तर्फ त्रिभुवन मा बि कुर्घा भुवाचिदी फाइनल प्रवेश गरेको छ बाकी तथा दोश्रो दिनका खेलहरु भोलि बिहान ८ बजेदेखी सुरु हुने बताइएको छ

मुसिकोट नगरपालिका शिक्षा शाखा प्रमुख तथा कार्यक्रम ब्यबस्थापन तथा संचालन समिति संयोजक चुरा बहादुर छ्न्तेलको सभाअध्यक्षता रहेको कार्यक्रम नगर प्रमुख सोमनाथ सापकोटा उपप्रमुख कमला शर्मा प्रमुख प्रसासकिय अधिकृत खिमानन्द भुसाल वडा अध्यक्ष कार्यपालिका सदस्य वडा सदस्य विभिन्न शाखा प्रमुख सामाजिक ब्यक्तित्व बिधालयका प्र अ बिद्यार्थीहरु लगायतको उपस्थिति रहेको थियो

कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत खिमानन्द भुसालको स्वागत मन्तब्य तथा संचालन बिष्णु प्रसाद खरेलको रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय