नेपाल विद्युत प्राधिकरण कर्मचारी संघ लुम्बिनी प्रदेश समितिले मनायो होलि

शक्तिराज घिमिरे, नबखबर

नेपाल विद्युत प्राधिकरण कर्मचारी सघं लुम्बिनी प्रदेश समितिले एक कार्यक्रमका बिच होलि पर्व मनाएको छ ।

प्रादेशिक कार्यलय वुटबलमा भएको कार्यक्रममा प्रादेशिक प्रमुख मुनेन्द्र ठाकुरको प्रमुख आथिथ्यता,त्यस्तै कर्मचारी सघंका केन्द्रीय सदस्य राजेश शर्मा,प्रादेशिक कार्यालयका प्रशासन प्रमुख राम प्रसाद पौडेल,

सुचना अधिकारि खेमनारायण लम्साल र ई. रबिन्द्र यादव लगाएत अथिति रहनु भएको थियो ।

कार्यक्रममा प्रमुख अथितिलाई टीका लगाई कार्यक्रमको प्रादुर्भाव भएसगैँ एक अर्कामा सबैले होलि खेल्नु भएको थियो ।

प्रमुख अथिति समेत रहनु भएका ठाकुरले होलि एक रङहरुको पर्व सगैँ प्रेमको पर्व समेत रहेको बताउनु भयो ।

प्राधिकरणको यस्तो कार्यक्रमले एक आपसमा अपनत्वको भावना बढ्ने संगसंगै होलि पर्वको महत्वलाई पुस्तान्तरण गर्नमा सहयोग पुग्ने उपस्थित भएका कर्मचारी संघका प्रतिनिधिहरुले बताएका थिए

कार्यक्रम नेबिप्रा कर्मचारी सघं लुम्बिनी प्रदेश समितिका उपाध्यक्ष रोहिन्द्र भण्डारिको सभापतित्व र कार्यक्रमको सञ्चालन लुम्बिनी प्रदेश सचिव शक्तिराज घिमिरेले गर्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय