काठमाडौं । नेपालीमा एउटा उखान चर्चित छ, माल पाएर चाल नपाउनी । यस्तै, दृश्य अहिले रंगशालामा देखिएको छ । रंगशालामा १३औं दक्षिण एसियाली खेलकुद (साग) जारी छ । नेपालले २० वर्षपछि आयोजना गरेको सागमा उल्लेख्य सफलता हासिल पनि गरिरहेको छ । तर, रंगशालामा देखिएका केही दृश्यले भने सम्पूर्ण नेपालीको बेइज्जत गरेको छ ।
२०७२ सालको भूकम्पले भत्काएको रंगशालाको संरचना चार वर्ष बित्दा पनि बन्न सकेको थिएन । तर, सागका लागि रंगशाला एक महिना सरकारले निकै कसरत र रातारात काम गरेर प्यारापिटमा नयाँ नयाँ कुर्सी पनि राख्यो । तर, अहिले नेपाली दर्शकले ती कुर्सीहरू धमाधम भाँच्न थालेका छन् ।

अहिले सामाजिक सञ्जालमा केही तस्बिर र भिडियो सार्वजनिक भइरहेका छन्, जसमा मानिसहरु सिटमा टेकेर हिँड्ने, सिटमा टेकेर उभिएर खेल हेर्ने गरेको देख्न सकिन्छ । त्यति मात्र होइन, सिटमा जुत्ताको डामैडाम देख्न सकिन्छ । केही कुर्सी त भाँचिएको पनि तस्बिर सार्वजनिक भइसकेको छ । हतार हतारमा रंगशालाका संरचना बनाउँदा केही कमसल सामग्री प्रयोग गरेको समाचार मिडियामा आइसकेका छन्