मुसिकोट नगरपालिका गुल्मीको दोस्रो चौमासिक समिक्षा गोष्ठी सम्पन्न

महेन्द्र घिमिरे, मुसिकोट गुल्मी, नबखबर

मुसिकोट नगरपालिका गुल्मीको आयोजनामा मुसिकोट नगरपालिका वडा न ५ को आपचौर प्राबिधिक शिक्षालयको सभाहलमा आइतबार गोष्ठी सप्पन्न गरिएको छ ।

मुसिकोट नगरपालिकाको बिनियोजित बजेट सघ र प्रदेशको समपुरक बजेटको भैतिक तथा बितिय प्रगतिको दोस्रो चौमासिक फाल्गुन मसान्त सम्म भएको कामको बारेमा समीक्षा गरिएको थियो।

समीक्षा कार्यक्रमले बाकी रहेका काम आगामी तेस्रो चौमासिक कसरी अगाडि बढने र सम्पन्न गर्ने बिसयमा महत्वपुर्ण भुमिका निर्बाह गर्ने प्रमुख प्रशासकिय अधिकृत खिमानन्द भुसालले बताउनु भयो।

समिक्षा गोष्ठी मुसिकोट नगरपालिकाका शाखा प्रमुखहरुले आफ्नो शाखाको भैतिक तथा बितिय प्रगति पेस गरेका थिए।

कृषि शाखा टोप बहादुर वलि पशु सेवा शाखा महेन्द्रराज पन्थी स्वास्थ्य शाखा प्रमुख डि बि जि सि प्रशासन शाखा प्रमुख प्रकाश घिमिरे र समग्र नगरपालिकाको बारेमा प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसालले प्रगती प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो।

नगरप्रमुख सोमनाथ सापकोटाले दोस्रो चौमासिक समापनसम्म नगरपालिकाको भैतिक तथा बितिय प्रगति संतोषजनक रुपमा रहेको र अबको तेस्रो चौमासिक सबैले समयमा नै कार्यहरुलाइ सम्पन्न गर्ने सहयोग पुर्याउनु पर्ने बताउनु भयो।

कार्यक्रममा छलफलको क्रममा आफ्ना जिझास सुझाव तथा कार्यान्वयनमा रहेका कार्यहरुको बारेमा वडा अध्यक्ष कर्ण बहादुर घर्ती क्षेत्री वडा अध्यक्ष प्रकाश काफ्ले वडा सदस्य दल वहादुर थापा श्री नेपाल रेडक्रस सोसाइटी वामी शाखा सभापति ज्ञानहरि सापकोटा श्री पृथ्वी मा बि बिधालय ब्यबस्थापन समिति अध्यक्ष समाजसेबी खुम बहादुर थापा लगायतले आफ्नो बिचार राख्नु भएको थियो ।

कार्यक्रम नगर प्रमुख सोमनाथ सापकोटाको सभाअध्यक्षाता उप प्रमुख कमला शर्माको स्वागत मन्तव्य रहेको कार्यक्रममा वडाअध्यक्ष कार्यपालिका सदस्य वडा सदस्य कर्मचारी साझेदार सस्थाका प्रतिनिधि बैक तथा बितिय क्षेत्रका प्रतिनिधि उपभोक्ता समितीका प्रतिनिधि पत्रकार सुरक्षाकर्मी लगायतको उपस्तिथि रहेको कार्यक्रममा

सहजीकरण सुचना प्रबिधी शाखा प्रमुख समुन्द्र बिक्रम रायमाझी र संचालन योजना शाखा प्रमुख मुना ज्ञवालीको रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय