प्रदेशकै पहिलो बालमैत्री गाउँपालिका घोषणा भएपछि जनप्रतिनिधिलाई जिम्मेवारी थपिएको महशुस

पाल्पाको बगनासकाली गाउँपालिकालाई लुम्बिनी प्रदेशकै पहिलो बालमैत्री गाउँपालिका घोषणा गरिएको छ ।

९ वटा वडाहरू रहेको गाउँपालिकामा बालमैत्रीका लागि आवश्यक पर्ने सबै सूचकहरू पूरा भएपछि प्रदेशको पहिलो बालमैत्री गाउँपालिका घोषणा गरिएको हो ।

शनिबार एक औपचारिक कार्यक्रमका बिच गाउँपालिकास्तरीय बालसञ्जालकी अध्यक्ष इन्दु गाहा र गाउँपालिका महासंघ नेपालका केन्द्रीय सदस्य तथा गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्यालले संयुक्त

रुपमा लुम्बिनी प्रदेशको पहिलो र नेपालको तेस्रो बालमैत्री गाउँपालिकाको रुपमा घोषणा गरेका हुन् ।

बालमैत्री गाउँपालिका घोषणा भएपछि नेपालका अन्य स्थानीय तहहरूले बगनासकाली गाउँपालिकालाई सिकाइ केन्द्रको रूपमा लिन सक्ने गरी काम अघि बढाइएको गाउँपालिका अध्यक्ष बस्यालले बताए ।

बालमैत्री गाउँपालिका घोषणापछि त्यसको दीगोपनाका लागि रणनीतिक योजना निर्माण गरिसकिएको र वडादेखि गाउँस्तरीय समिति गठन गरेर परिचालन गरिएको अध्यक्ष बस्यालले बताए ।

उनले भने ‘हामीले पालिकालाई बालमैत्री घोषणा गयौं, यो सँगै बालअधिकार र बालमैत्री स्थानीय शासनलाई दिगो बनाउनुपर्छ भन्ने थप जिम्मेवारी हामीले महसुस गरेका छौ ।

हामीले बालिबालिकाको अवस्था र सूचकहरु थप राम्रो बनाउन, गुणस्तरीय बालमैत्री वातावरण निर्माणका लागि बालबालिकाको क्षेत्रमा निरन्तर लगानी गर्नेछौं ।

हामीले बालबालिकाको समग्र वृद्धि,विकासलाई प्राथमिकतामा राखी बालमैत्री गाउँको पहिचान स्थापित ग¥यौ , जसको निरन्तरता सदैव हुनेछ ।’

घोषणा कार्यक्रममा प्रमुख अतिथिका रुपमा रहेकी बालमैत्री गाउँपालिकास्तरीय बाल सञ्जालका अध्यक्ष इन्द्र गाहाले बालबालिकाहरुको हकहितका निम्ती गाउँपालिकाले महत्वपूर्ण कार्य गरेको बताईन् ।

उनले अब गाउँपालिका भित्रका कुनै पनि बालबालिकाहरु अधिकारबाट बञ्चित नहुने उनको धारणा रहेको थियो ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सरस्वती चिदीले गाउँपालिका भित्र सक्षम, योग्य नागरिक उत्पादन गर्नका लागि बालबालिकाहरुमा लगानी गरेको बताईन ।

उनले देश तथा विदेशमा समक्ष नागरिकको पहिचान दिने गरी गाउँपालिकाले काम गरेको जानकारी दिईन ।

बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीति बमोजिम नेपाल सरकारले तय गरेका ३९ वटा सूचकमा तोकिए अनुसारको नतिजा प्राप्त गर्नुपर्ने व्यवस्था छ ।

जस मध्ये बालमैत्री स्थानीय तह घोषणका लागि १७ वटा सूचकमा सतप्रतिशत र बाँकी २२ वटा सूचकमा ८० प्रतिशत नतिजा ल्याएमा बालमैत्री घोषण गर्न सकिने प्रावधान छ ।

जसमध्ये बगनासकाली गाउँपालिकाले ३० वटा सूचकमा सतप्रतशित र ९ वटा सूचकमा ९० प्रतिशत भन्दा बढी नतिजा प्राप्त गरिसकेको छ भने १६ वटै खुड्किलाहरू टेकेर काम गरेको छ ।

२९ हजार ३ सय २७ जनसंख्या रहेको गाउँपालिकामा ८ हजार २ सय १८ जना बालबालिका रहेका छन् ।

पालिकाले बालमैत्री वातावरण निर्माणको लागि ९ वटा वडामा ९५ वटा बालक्लव गठन गरेको छ ।

अभियानको क्रममा गाउँपालिकाले सबै विद्यालयलाई यस अघि नै पूर्ण बालमैत्री विद्यालय घोषणा, पूर्ण संस्थागत सुत्केरी भएको पालिका घोषणा, ५ वर्षका मुनिका

बालबालिकाको शतप्रतिशत जन्मदर्ताका सूचकमा शतप्रतिशत काम सकिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय