जाँदैछु बुवा आमाको त्यो न्यानो काख छोडि

गम्भीर खत्री मुसिकोट ८ वामी गुल्मी

कविता

जाँदैछु बुवा आमाको त्यो न्यानो काख छोडि
जाँदैछु बुवा आमा तपाईंको त्यो काख छोडि
हिडदै छु त्यो गन्तव्यमा

जहाँ हजुरहरूको त्यो इज्जत लाई सम्झि
ठेस लाग्छ त्यो यात्रामा तर अल्झिने छैन कतै पनि
हिडदैछु बुवा अामा तपाईं लाई छोडि

साहुको ऋण तिर्न बाकि छ
त्यो चुहिने छानो टाल्नु पनि
अनि बुवाको त्यो फाटेको टोपी
र अामाको त्यो धुजाधुजा बनेको पटुकी पनि
हिडदैछु बुवा आमा तपाईंलाई छोडि

हेर्दैछन छिमेकीहरू त्यो भोको पेटलाइ
हास्दैछन ती मेरो गरिबि देखि
मजाक बनाउन थाले विश्वासका कुरा
त्यो मेरो गरिबिलाई देखि
हिडदैछु बुवा अामा तपाईं लाई छोडि

खुसि बनाउनु त बुवाआमा तपाईंलाई
अनि शिक्षित बनाउनु छ बहिनीलाई
सिलाउनु छ त्यो फाटेको टोपी अनि पटुकि पनि
तिर्नु छ साहुलाइ त्यो ऋण
हिडदैछु बुवा अामा तपाईं लाई छोडि

तर छिट्टै अाउछु म ती खुसिका लहर ल्याइ
त्यो तपाईंहरूको मायाले छिटै फर्काउने छ
त्यो घुम्म परेको कालो बादल मडारियर सेतो बन्ने छ
अनि खुसीका लहरले पनि प्रकृति गुन्जयमान हुनेछ
आउनेछु बुवा अामा म छिटो फर्कि

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय