सडकमा देबिको डरलाग्दो शक्ति , देबिको शिरबाट गाडी कुदाउदा गाडिको भयो यस्तो हालत

पूर्वी पहाड र मध्य तराईबाट राजधानी भित्रिने सबैभन्दा छोटो दूरी हो बिपी राजमार्ग । जहाँ दैनिक हजारौँ सवारी साधन चल्ने गदर्छ, जुन मार्गलाई जापान सरकारले २५ अर्बको लगानीमा निर्माण गरेको हाे । सिन्धुलीको सुनकोशी गाउँपालिका–५, मुलकोट नजिकै रहेको रिट्ठे भीरको तल अक्कर भीर र सुनकोशी नदी रहेको छ । काठमाडौंबाट बनेपा–धुलिखेल–भकुण्डेबेसी– नेपालथोक हुँदै खुर्कोट नजिकै रहेको ठाउँ हो रिट्ठे भीर । जुन ठाउँको सडकमा हजारभन्दा बदी ऐनाहरु टाँसेको देख्न सकिन्छ । यो दृश्य देख्ना साथ सबैको मनमा एक किसिमको काैतुहलता पैदा हुनु स्वभाविकै हो।सडकको भित्ताभरी ऐना टास्नुको पछाडि धेरै कुराहरु लुकेको छ । जब कोही यात्रु होस् अथवा सवारी चालक त्यहाँ पुग्नु अगाडि नै सबैको मनमा एक किसिमको डर पैदा हुन्छ । जुन ठाउँ धेरै दु्घर्घटना हुने गर्दछ । केही तथ्यलाई हेर्दा विसं २०५८ वैशाख २० गते सिन्धुलीबाट काठमाडौं जाँदै गर्दा मुलकोट नजिकै रहेको रिट्ठे भीरमा बस खस्दा १४ जनाको निधन भएको थियो२०६८ असोज २६ गते त्यसै ठाउँमा बस खस्दा बसका सबै यात्रु ४२ जनाको निधन भएको थियो । त्यसको ठिक छ वर्षपछि २०७६ असोज २६ गते ६ जनाको निधन भएको थियो । जुन ठाउँमा धेरै यात्रुहरुले ज्या न गुमाएका छन् ।ऐनाहरु भित्र लुकेका अनेकै रहस्यहरुआजभन्दा धेरै वर्ष अगाडि त्यस ठाउँमा गोरेटो बाटो थियो । बाटो नजिकै एउटा ठुलो सालको रुख थियो । रुखमुनि सानो पोखरी थियो । जुन पोखरीबाट पानी आउथ्यो ।

मानिसलाई पानी लैजान सजिलो हुन्थ्याे। तर जापान सरकारले सडक बनाउने क्रममा पानी र पोखरी दुवै मासियो । पोखरीमा देवी छन् भन्ने कुरा कसैलाई थाहा भएन, जहाँ पूजा आरधना गरिन्थ्यो।त्यसको केही समयपछि एउटा आठ वर्षीया बालिकामा देवी उत्पन्न भइन् र उनले म देवी माता हुँ मलाई तिमीहरुले बस्न दिएनौ, मेरो बस्ने ठाउँ नै भत्कायौ, मेरो टाउको माथि गाडीहरु गुडिरहेको छ । मेरो लागि कसैले पनि मन्दिर बनाइदिएन् । जबसम्म मेरो नाममा मन्दिर बन्दैन तबसम्म म धेरै मान्छेहरुको भोग खान्छु भनिन् ।स्थानीयहरुले त्यस कुरामा गम्भीर भएनन् । त्यसको केही समयपछि यात्रुवाहक वस शुनकोशी नदीमा खस्दा ४२ जनाको निधन भएको थियो, जसको आत्माले शान्ति पाओस् भनेर सप्ताह पनि लगाइदिए स्थानीयहरुले । सप्ताह लागेको बेला एक्कासी एउटी महिलामा देवी उत्पन्न भएर उनले बाेकेको भरमा कोशीमा गएर सेतो ढुङ्गा लिएर एउटा रुखको जराको सेतो र रातो कपडाको धोजा बनाएपछि मन्दिर बनाएको स्थानीयहरु बताउँछन् । देवी मातालाई मन पर्ने भनेर ऐनाहरु राखियो । बिस्तारै ऐनाले धेरै संख्या लिन पुग्यो ।ऐनाको दृश्यमा भुतप्रेत आउने नसक्ने र मानिसलाई दुःख दिन नसक्ने भएकाले यस स्थानमा ऐना राख्ने गरिएको जनविश्वास रहेको छ । आजभोलि त्यस स्थानमा जाने जोकोहीले पनि ऐना टाँस्ने गर्दछन् । यात्रु होस् या सर्वसाधरण त्यस ठाउँमा पुगेपछि केही समय रोकिएर ढोग्ने गर्दछन् । अझै पनि त्यहाँ पुग्नु अगाडि नै मानिसहरुको मनमा एक किसिमको डर पैदा हुने गर्दछ । श्रोत जनता टाइम्स

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय