रुरु जलविद्युत परियोजना लिमिटेडले चैत २० गतेदेखि सर्वसाधारणमा प्राथमिक शेयर अर्थात आईपीओ निष्काशन गर्ने भएको छ।कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यमा २० रुपैयाँ प्रिमियम थप गरी १२० रुपैयाँमा आईपीओ खोल्न लागेको जानकारी दिएको छ ।
कुल ४ लाख ७ हजार ७०६ कित्ता शेयरमध्ये २ प्रतिशत अर्थात ८ हजार १५४ कित्ता शेयरकर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात २० हजार ३८५ कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ सर्वसाधारण लगानीकर्ताहरुले बाँकी ३ लाख ७९ हजार १६७ कित्ताका लागि आवेदन दिन सक्नेछन्।
सो शेयर खरिदका लागि चैत २४ गतेसम्ममा आवेदन दिनुपर्नेछ। सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा बैशाख ३ गतेसम्म म्याद थप गरिनेछ।
सो आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन्।आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा कम्पनीलाई इक्रा नेपालले इक्रा एनपी आइआर त्रिपल बी रेटिङ्ग प्रदान गरेको छ। यसले समयमा नै वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा मध्यम रुपमा सुरक्षित रहेको संकेत गर्दछ।
कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ। कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।
हाल कम्पनीको चुक्ता पूँजी ३२ करोड ६१ लाख ६४ हजार ४०० रुपैयाँ रहेको छ। स्थानिय बासिन्दा तथा सर्वसाधारणमा आईपीओ बिक्री गरेपश्चात कम्पनीको चुक्ता पूँजी ४० करोड ७७ लाख ५ हजार ५०० रुपैयाँ पुग्नेछ।
फागुन ७ गतेबाट आयोजना प्रभावित क्षेत्रका लागि ४ करोड ७ लाख ७० हजार ५ सय रुपैयाँबराबरको आईपीओ निष्कासन गरेको थियो ।
स्थानीय बासिन्दा र सर्वसाधारणको लागि कुल यस परियोजनाले आठ करोड १५ लाख ४१ हजार एक सय रुपैयाँ बराबरको शेयर बिक्री गर्न लागेको हो ।
कति दिने आवेदन ?
पछिल्लो समय आईपीओ भर्नेहरुको संख्या १८ लाख भन्दा बढी पुग्ने भएको कारण आईपीओ पर्ने सम्भावना निकै कम हुन्छ । त्यसकारण १० कित्ता नै शेयर भर्न उचित हुने जानकारहरु बताउँछन् ।
यो पनि पढ्नुहोस बुक विल्डिङ विधिबाट आईपीओ जारी गर्न लागेको सर्वोत्तम सिमेन्टले आइपीओ निष्कासनको काम टुङ्गो लगाउने गरी काम गरिरहेको छ ।
सर्वोत्तम सिमेन्टले प्रतिकित्ता अनुमानित मूल्य ७५० रुपैयाँ राखेको छ । बुक विल्डिङ विधिबाट आईपीओ जारी गर्न लागेको सर्वोत्तम सिमेन्टले प्रतिकित्ता ७ सय ५० रुपैयाँभन्दा माथिको मूल्यमा आईपीओ बेच्ने प्रक्रिया अघि बढाएको छ ।कम्पनीले सर्वसाधारणलाई सेयर बिक्री गर्दा प्राप्त हुने रकम ऋण तिर्न र व्यवसाय विस्तारमा खर्चने योजना बनाएको छ ।
आईपीओबाट उठेकाे रकममध्ये ४० प्रतिशत रकम बैंककाे ऋण तिर्न प्रयाेग गर्नेछ ।सर्वोत्तम सिमेन्ट बुक विल्डिङ विधिबाट आईपीओ जारी गर्ने पहिलो कम्पनी हुने भएको छ।कम्पनीले पहिलो चरणमा न्यूनतम ७५० तय गर्ने जानकारी दिएको हो ।
तर शेयर निस्कासन तथा बिक्रि गर्ने बेला सम्ममा मुल्यमा हेरफेर हुन सक्ने सम्भावना छ।सर्वोत्तम सिमेन्टको प्रति सेयर आम्दानी (EPS) ५२ रुपैयाँ छ ।कम्पनीको शेयरमा माग भन्दा बढी आवेदन परे पनि गोला प्रथाबाट बाँडफाँट गर्नु पर्ने अवस्था रहे पनि सर्वसाधारणले ५० कित्ताभन्दा कम शेयर पाउने छैनन् ।
पहिलो चरणमा कम्पनीको उक्त शेयरमा संस्थागत लगानीकर्ताले तोकिएको मूल्य भन्दा माथिका मूल्यमा (BID) बोलकबोल गर्ने छन् । उक्त कार्य पछी बोलकबोल गरेको मूल्यमा औसत मूल्य निकाली , औसत मूल्यमा १० प्रतिशत घटाएर सर्वसाधारणमा सेयर बेच्ने कम्पनीले जनाएको छ।कम्पनीले ८ लाख कित्ता प्रभावित स्थानीयलाई , २४ लाख कित्ता संस्थागत लगानीकर्तालाइ , ३ लाख कित्ता कम्पनीका कर्मचारीलाई र २५ लाख कित्ता सर्वसाधारणलाई बिक्री गर्ने छ ।
२०७६ साउनमा प्राइभेटबाट पब्लिक कम्पनीमा रूपान्तरण भएको सर्वोत्तमले चुक्ता पूँजीको १५ प्रतिशत अर्थात ६० करोड रुपैयाँ बराबरको सेयर बिक्रि गर्ने प्रक्रिया सुरु गरेको छ ।कम्पनीले आफ्नो व्यवसायिक उत्पादन शुरु गरेपछि नै नाफा कमाउदै आएको र विगत ३ वर्षको औषत मुनाफा (कर पछिका) वार्षिक १०४ करोड रुपैयाँ भन्दा बढी रहेको छ। कम्पनीसंग ९० वर्ष पुग्ने चुनढुंगा खानी रहेको जनाएको छ।
कम्पनीको खानी पाल्पामा रहेको छ भने नवलपरासीमा उद्योग रहेको छ । यस उद्योगको दैनिक उत्पादन क्षमता ६० हजार बोरा रहेको छ ।सर्वोत्तम सिमेन्टले सर्वोत्तम ग्रिन पि. एस. सि. सिमेन्ट र सर्वोत्तम ग्रिन ओ. पि. सि. सिमेन्ट उत्पादन गरिरहेको छ । युरोपियन भि. आर. एम. मेशिनबाट उत्पादित सर्वोत्तम सिमेन्ट नेपाल कै एकमात्र पहिलो ४५०० ब्लेन सम्मको मसिनोपन भएको सिमेन्ट उत्पादन गर्दै आएको छ ।
आफ्नो सिमेन्ट उत्पादन अझै बृहत् भएपछि सिमेन्ट उपभोक्तामाझ गुणस्तरीय तथा अत्याधुनिक प्रविधिबाट उत्पादित सिमेन्टको पहुँच अझै सरल तथा सुलभ बन्ने कम्पनीको विश्वास छ । सर्वोत्तम सिमेन्ट देशका महत्त्वपूर्ण आधारस्तम्भहरु अनि ठूला परियोजना तथा गौरवशाली आयोजनालगायत पुल, बाँध, हाइड्रोपावर, धावनमार्गदेखि हाउजिङ कम्पनीको समेत पहिलो रोजाइमा पर्दै आएको कम्पनीले जनाएको छ ।