जति दुख्ने दुखोस मलाई, सहन तयार छु अझ

विष्णु गाहा, तानसेन पाल्पा – गजल

मलाई शिरमा राख्छौ सधै , आफूलाई पाउमा राखेर
हजार चोट सहेर वचाँउछौ, अस्तित्व दाउमा राखेर

जति दुख्ने दुखोस मलाई, सहन तयार छु अझ
समालिदिन्छु दुःखेको, त्यही घाउमा राखेर

कतिले ज्यान गुमाए कठै, कतिको इज्जत लुटिए
चलिआएको संस्कार भन्दै, नर्क छाउमा राखेर

नारीलाई खेलौना सम्झनेले, मोलमोलाई गर्छन् व्यापारमा
बेचीदिन्छ सस्तोमा दलाल, कचेराको भाउमा राखेर

दुई चार पैसा कमायौ गयौ, वृद्ध बाबु आमा छोडी
आखिर कंगाल बनाई गई, शहरको ठाउँमा राखेर

यो पनि – जब चुम्छौ अधर, अङ्ग अङ्ग चलमलाउछ
नशा नशा चढ्यो, कसो गरु सलवलाउछ
पस्यौ मुग्लान तड्पाएर, आउने दिन गनिराछु
कस्तो खवर आउला, दाहिने आँखा फरफराउछ

दुई चार पैसा दान, हजार लाख लुट्नेहरु
लाज पचाएर अझ, समाजसेवी कहलाउछ

Ads by AdMana.net
सत्तामा लुछाचुडी, अव छोड्दै जानुपर्छ
भ्रष्टाचार उन्मुलनले, देशमा विकास लहराउछ

अर्को रचना

भाग्य खोज्दा खोज्दै टाढा बसाइ सर्छन नारि,
ढकमक्क फुल्ने बेला ओइली भुइमा झर्छन नारि !!

नजन्मदै गर्भमा तुहिएर खेर फाल्ने कठै,
जन्मेपछि बोक्सी,राडी वचनमा पर्छन नारि !!

छोरो नपाए दोष उनकै सन्तान नपाए नि दोष उनकै,
हिंसा पिडा सहन नसकी आ,त्महत्या गर्छन गर्छन नारि!!

यौन पिपासु प्यास मेटाउन छोरी आमा जस्ता होस,
ब;लात्कृत आशु लिई विवशता संग लड़छन नारि!!

संविधानमा महिला स्वतन्त्रता हक जे जे लेखेपनि,
ज,बरजस्ती करणी,दाइजो निहुमा जिउदै मर्छन नारि !!

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय