फेरि भेटाैला कार्यक्रम मार्फत कर्मचारीकाे विदाई

शिव सुवेदी

गुल्मी – धुर्काेट गाउँपालिकावाट विदाई भएर जाने कर्मचारीलाई कर्मचारी मिलन केन्द्र धुर्काेट गाउँपालिकाले फेरि भेटाैला कार्यक्रम अायाेजना गरि विदाई गरेकाे छ ।

केही समयदेखि धुर्काेट गाउँ पालिकाकाे राजश्व शाकाकि विना खनाल,प्राविधिक ज्ञान प्रसाद उपाध्यय,स्टाेश शाखामा कार्यरत गगन अाचार्य गरि ३ जना कर्मचारीलाई फेरि भेटाैला कार्यक्रम मार्फत विदाई गरेकाे हाे ।

कर्मचारी मिलन केन्द्र धुर्काेटका अध्यक्ष डिल्लीराज पराजुलीको अध्यक्ष्ातामा भएको कार्यक्रममा प्रमुख अतिथि गाउँ पालिका प्रमुख भुपाल पाेखरेल, विशेष अतिथि उपाध्यक्ष शिव वहादुर खत्री ,प्रमुख प्रशासकीय अधिकृत काशीराम पन्थीले वाेल्दै विदाई भएर जाने ३ नै जनाले धुर्काेट गाउपालिकामा गरेकाे सेवाप्रवाह उत्कृष्ट रहेकाे बताउनुभयाे ।

उहाँहरूले कर्मचारी सधै एउटै कार्यलयमा कार्यरत हुन नसक्ने भएकाले अहिले धुर्काेटवाट विदाई भएपनि कुनै न कुनै दिन फेरि भेट हुने बताउनु भयाे ।

धुर्काेट गाउपालिकावाट सरुवा भै जाने कर्मचारीलाई अध्यक्ष भुपाल पाेखरेलले उहाहरुकाे अागामि दिन थप प्रगति पथमा लम्केर जनताकाे सेवामा क्रियाशील रहाेस भन्दै शुभकामना ब्यक्त गदै धुर्काेटमा उहाहरुले गरेकाे सेवाप्रवाहकाे धन्यवाद दिनुभयाे ।

विदाई हुने खनाल शिवराज नगरपालिका कपिलवस्तु , ज्ञानप्रसाद तिलाेत्तमा नगरपालिका रुपन्देही र अाचार्यकाे सन्धिखर्क नगरपालिका अर्घाखाँचीमा सरुवा भएको हाे ।

सम्पूर्ण वडाअध्यक्ष,कार्यपालिकाका सदस्य,कर्मचारीहरु उपस्थित रहेकाे फेरि भेटाैला कार्यक्रमकाे सञ्चालन गगां पन्थीले गर्नुभएको थियाे भने स्वागत मधु घिमरेले गर्नुभएको थियाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय