ढोरपाटनका मेयरद्वारा मुसिकोटमा अक्षयकोषको स्थापना

रामकृष्ण कँडेल, मुसिकोट गुल्मी, नबखबर

शुक्रबार मुसिकोटमा परियार उत्थान मंचको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा कार्यक्रमका प्रमुख अतिथि ढोरपाटन नगरपालिकाका मेयर देव कुमार नेपालीले मुसिकोट नगरपालिकाका बिभिन्न वडामा बसोवास गर्ने दलित समुदायका छोराछोरीहरुको शिक्षामा खर्च गर्ने गरी आफ्नो श्रीमती छेला नेपालीको नाम रहने गरी रु २ लाख १ हजारको अक्षयकोष घोषणा गर्नुभएको छ।

छेला नेपाली सफल महिला नेतृको रूपमा परिचित नाम हो।मेयर नेपालीको सफलताको लागी छेलाको भुमिका महत्वपुर्ण रहेको छ।छेलाको सम्मान स्वरूप गुल्मीमा स्थापित अक्षय कोषको नाम छेलाको नाम बाट राखिनु अर्थपूर्ण छ।

कोषको वार्षिक ब्याजबाट मुसिकोट नगरपालिकाका दलित समुदायका छोरा छोरीहरु लागि आवश्यक पर्ने कापीकलम र स्कुल ड्रेस वितरण गर्ने गरी काम अगाडि बढाउनको लागि मेयर नेपालीले अक्ष्यकोष घोषणा गर्नुभएको हो।

कार्यक्रमको सम्वोधनको क्रममा एकाएक अक्ष्यकोष घोषणाले कार्यक्रममा उपस्थित सम्पुर्ण दलित समुदाय, परियार मञ्चका प्रतिनिधि,पर्यवेक्षकहरुबाट जोडदार ताली बजाएर कार्यक्रममा नेपालीको निर्णयको भब्य स्वागत गरिएको थियो।

संबोधनको क्रममा मेयर नेपालीले भन्नुभयोस्”मैले केही दिन अगाडी प्रधानमन्त्री के पी शर्मा ओली लाई भेटें,उक्त भेटमा प्रधानमन्त्री समक्ष दलित समुदायका युवाहरू लाई तत्काल रोजगारी चाईयो भनेर माग राखें,उहॉ सकरात्मक हुनुहु्न्छ”

साथै ढोरपाटन नगरपालिकाका नगरप्रमुख देवकुमार नेपालीले आफूहरु गरिब पिछडिएका जनताहरूको मुक्तिको लागि लडिरहेको कुरा समेत बताउनुभएको छ।

मेयर नेपालीले शुक्रबार गुल्मीको मुसिकोट नगरपालिका ७ स्थित रुद्रावती बहुमुखी क्याम्पसमा आयोजित परियार उत्थान मन्चको मुसिकोट नगर सम्मेलन लाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै उक्त विचार व्यक्त गर्नुभएको हो।

नगरप्रमुख नेपालीले यो देशमा दलित समुदायको उत्थानको निम्ति धेरै आन्दोलनहरू भएको स्मरण गर्दै प्रमुख अतिथीको रुपमा कार्यक्रमलाई सम्बोधन गर्दै आफ्नो अधिकार सुनिश्चिताको लागि सबै दलितहरु एकजुट हुनुपर्ने धारणा समेत व्यक्त गर्नुभयो।

एक फरक प्रसंगमा मेयर नेपालीको बाजे गुल्मीको इस्मा बाट बसाइसराई गरी बागलुङ गएको बताउँदै प्रमुख अथिति नेपालीले आफू ओढारमा जन्मेको जानकारी दिनुभयो।

संबोधन को क्रममा मिहिनेत गर्न सकेमा पक्कै पनि सफलता मिल्ने संस्मरणात्मक कुराहरू व्यक्त गर्नुभयो।परियार उत्थान मन्च मुसिकोट नगरपालिका गुल्मी को प्रथम नगर सम्मेलन समुद्घाटन समारोहमा प्रमुख अतिथिको रुपमा आमन्त्रण गरिनु भएका परियार जातिमा जन्मिनु भएका नगरप्रमुख देवकुमार नेपाली लाई आयोजकको तर्फ बाट कार्यक्रममा भव्य सम्मान गरिएको थियो।

आफु यसभन्दा पहिले निकै धेरै कार्यक्रमहरुमा प्रमुख अतिथि भएको तर आज गुल्मीको वामी टक्सारमा आयोजित परियार उत्थान मञ्चको कार्यक्रमले आफूलाई निकै आनन्द प्रदान गरेको मेयर नेपालीले धारणा व्यक्त गर्नुभयो।

आफ्नो जाति समुदाय र क्षेत्रलाई अगाडी बढाउनका लागि सबै एकताबद्ध भएर अगाडि बढ्न सकेमा मुक्ति हुने कुरा समेत नगरप्रमुख नेपालीको बिचार थियो।

नगरप्रमुख नेपालीले कार्यक्रम लाई सम्बोधन गर्दै आफूले जहिले पनि आफ्नो वर्ग लाइ नबिर्सेको,आफ्नो जात लाई न बिर्सेको भन्दै आफ्नो क्षेत्रमा परिवर्तन र मुक्तिको निम्ति थुप्रै योगदान गरेको बताउनुभयो।

आफ्नो प्रगति र सफलता समुदायका केही मान्छेहरुले पचाउन नसकेको तीतो सत्य सुनाऊदै समाजमा धेरै खाले मानिसहरु छन,ती मान्छेका पछाडि लाग्नु भन्दा पनि आफूले उत्कृष्ट कर्म गर्न सकेमा सफलता मिल्ने र त्यस सफलताले सन्तुष्टि मिल्ने बिचार व्यक्त गर्नुभयो।

कार्यक्रमका प्रमुख अथिति नगरप्रमुख नेपालीले जातीय भेदभावको अन्त्य सिप र कलाको सम्मान, छुवाछुतमुक्त समाज परियार उत्थान मञ्चको महान अभियान भन्ने मूल नाराका साथ परियार उत्थान मञ्च मुसिकोट नगरपालिकाको प्रथम सम्मेलन अगाडि बढिरहेको र यसको भब्य तथा सभ्य सफलताको समेत कामना गर्नुभयो।

संस्था स्थापना हुनु जति महत्वपूर्ण छ त्योभन्दा पनि यसका कार्यहरु र निरन्तरता महत्वपूर्ण भएको हुनाले अब बन्ने नयाँ नेतृत्वले परियार उत्थानको निम्ति थुप्रै महत्वपूर्ण कार्यहरु अगाडि बढाउन प्रमुख अतिथी नेपालीले आग्रह गर्नुभयो।

सम्बोधनको क्रममा प्रमुख अतिथि नेपालीले यस क्षेत्रका दलित लगायत पिछडिएका वर्ग हरुले आफुलाई अपहेलित महसुस गर्न नपरोस, यदि दुस्ख परिहाले भनेपनि त्यो दुःखबाट मुक्त हुनको लागि आफूलाई संझिनका लागि आग्रह गर्दै आफूले उक्त

समस्याहरू हल गर्नका लागि सक्दो सहयोग गर्ने र यसका लागि मुसीकोट नगरपालिकाका सम्पुर्ण दलित समुदायको बिचमा आफु रहिरहने समेत प्रतिबद्धता व्यक्त गर्नुभयो।

नगरप्रमुख नेपालीले भन्नुभयोस् ‘यदी तपाईंहरु लाई दुःख परे भने देवकुमार लाई सम्झिनुहोस् देवकुमार तपाईंहरूको बीचमा टुप्लुक्क आईपुग्ने छ’

निकै शालिन र भद्र स्वभावका धनी मेयर नेपालीले विभिन्न क्षेत्रहरुमा आफुले सक्दो सहयोग गर्दै आएको र मुसिकोट नगरपालिकामा पनि आफूले अक्षयकोष स्थापना गर्ने निर्णय गरेको धारणा व्यक्त गर्नुभएको थियो।

यस क्षेत्रका दाजुभाइ दिदीबहिनीहरु बीचमा अब देवकुमार नेपाली रहने समेत उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो।केही समय अगाडी मेयर नेपाली लाई सरकारको सिफारिसमा सम्माननिय रास्ट्रपती बिधादेबी भन्डारी द्वारा बिशेष अभिनन्दन गरिएको थियो।

कार्यक्रममा आयोजकले निकै बुध्दी पुर्याएको देखियो।परियार उत्थान मन्चको सम्मेलनमा आफ्नै जात बाट जन्मिएको रास्ट्रिय अन्तररास्ट्रिय चर्चा कमाउन सफल ब्यक्ति लाई प्रमुख अतिथीको रूपमा उपस्थित गराऊनुले कार्यक्रम भब्य र सब्य बनेको थियो।

लामो समय पहिले देखि बाग्लुड०का दुर्गम स्थान हरूमा राज्यले गर्न नसकेका काम हरू प्रमुख अतिथी नेपालीले आफ्नो ब्यक्तीगत सम्पती बाट पुरा गर्दै आएको चर्चा सुनेका मुसिकोट बासी हरूले आज मुसिकोट नगरपालिकाको कार्यक्रममा प्रत्यक्ष देख्न पाऊदा साथै धाराप्रबाह रूपमा बिचार राखेको देख्दा दर्शक दिर्घामा एऊटा आबाज सुनिन्थ्योस्’छोरा होस त देबकुमार जस्तै’।

आयोजकको तर्फ बाट मुसिकोट नगरपालिका प्रती दुस्खेसो ब्यक्त

परियार उत्थान मञ्चको कार्यक्रममा मुसिकोट नगरपालिकाका प्रमुख, उपप्रमुख लगाएत धेरै वडाध्यक्ष अनुपस्थिती रहेको देख्दा आयोजकले दुख व्यक्त गरेका थिए।’

हामीले कार्यक्रम आयोजन गर्दा नगरपालिकाका जिम्मेवार व्यक्तिहरु अनुपस्थित रहनु आफैमा हास्यास्पद हो’आयोजकको दुखेसो थियो।

‘मुसिकोट नगरपालिकाका जनप्रतिनिधि हरु लाई बिजय गराउनको लागि दलित समुदायले ठूलो सहयोग गरेको छ भन्दै आफूहरूले आयोजना गरेको कार्यक्रममा उहाँहरु अनुपस्थित रहनु उहॉहरूकै लागि दुर्भाग्य हो’सहभागीहरूको धारणा थियो।

मुसिकोट नगरपालिका वडा नं १ देखि ९ सम्मका परियार समुदायका सम्पूर्ण दाजुभाई,दिदीबैनी,बुबा आमाको बाक्लो उपस्थिती रहेको कार्यक्रम अत्यन्तै ऐतिहासिक रहेको भनाइ रहेको छ।

परियार उत्थान मञ्च मुसिकोट नगरपालिका गुल्मीको प्रथम नगर सम्मेलनको समुद्घाटन समारोहमा मुसिकोट नगरपालिका वडा नं १ का वडाध्यक्ष पूर्णबहादुर हितान,वडानं ८ का वडाध्यक्ष नारायण सापकोटा, नेकपा एमाले जिल्ला कमिटी गुल्मीका सदस्य गोपिकृस्ण खरेल,दलित साझा मन्चका सचिब चन्द्र रसाईली लगायतले सम्मेलन सफलताको लागी शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

ढोरपाटन नगरपालिका १ का वडाध्यक्ष चित्रबहादुर भन्डारी,मुनपा वडानं ९ का वडाध्यक्ष नरेशराज खरेलढोरपाटन उद्धोग बाणिज्य संघका अध्यक्ष चिन्तामणी शर्मा,नेकपा एमाले जिल्ला कमिटी सदस्य रामप्रसाद आचार्य,पत्रकार हरू क्रमश युनिक खवर डट कमका प्रधान सम्पादक रामकृस्ण कंडेल,नवखवर डट कमका प्रधान सम्पादक बिस्णुप्रसाद आचार्य,रेडियो पुस्पान्जलीका समाचार प्रमुख सागर भन्डारी,परियार उत्थान मन्चका जिल्ला नेता हरूको उपस्थिती रहेको थियो

कार्यक्रममा राष्ट्रिय कलाकार कमल बराल,रमेश बिसी लगायतले सांगीतिक प्रस्तुति राख्नुभएको थियो।कार्यक्रममा सम्मेलन सफल पार्नको लागि आर्थिक सहयोग गर्नुहुने सहयोगदाताहरुको लागि प्रमुख अतिथी नगरप्रमुख देबकुमार नेपालीको हात बाट माला,दोसल्ला,अबिर र प्रमाण पत्र लगाई सम्मान गरिएको थियो।

समुद्घाटन समारोहको अन्त्य पछि अहिले बन्दसत्र चलिरहेको छ।बन्द सत्रले परियार उत्थानका लागी आगामी नेतृत्व चयन गर्ने सभापति मुमबहादुर परियारले युनिक खबर डटकम लाई जानकारी दिनुभयो।

समुद्घाटन समारोहको अध्यक्षता परियार मन्चका अध्यक्ष मुमबहादुर परियारको रहेको थियो भने प्रबिणा परियारको स्वागत मन्तब्य तथा अर्जुन परियारको सन्चालनमा उद्घाटन समारोह सम्पन्न भएको थियो।ऐले रूद्रावती बहुमुखी क्याम्पसको सभाहलमा नेतृत्व चयनको लागी बन्द सत्र चलिरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय