सिड्नी । पछिल्लो केही समय यता अष्ट्रेलियामा आफ्नो क्षमता तथा दक्षता अनुसारको काम पाउन कठिन हुँदै गएको छ । एक अध्यायनका अनुसार टेम्पोररी ग्राजुएट (४८५ भिसा) पाउने नेपाली लगायतका अन्य देशका विद्यार्थीहरुले आफ्नो क्षमता अनुसारको काम पाउन छोडेका हुन् ।
अन्तर्राष्ट्रिय विद्यार्थीहरुको संख्या बढ्दै जाँदा उनीहरुले आफ्नो क्षमता अनुसारको काम पाउन छाडेका हुन् । क्षमता अनुसारको काम पाउन छाडेपछि नेपलाी लगायत अन्य देशका विद्यार्थीहरुले सर–सफाइ, लन्ड्री, सेल्स लगायतका काम भए पनि गर्न थालेका छन् । आफ्नो अध्यायनपछि सम्बन्धित विषयभन्दा बाहेकका कामहरुमा उनीहरु लागेको अध्यायनले देखाएको छ ।

उक्त अध्यायन १ हजारभन्दा बढी अन्तर्राष्ट्रिय विद्यार्थीहरु माझ गरिएको गरिएको थियो । जस अनुसार अध्यायनपछि काम गर्न पाउने भिसा नीति राम्रो लागेकोले विद्यार्थीहरुको गन्तब्य अष्ट्रेलिया बनेको उनीहरुको भनाई छ । यस्तै नीतिको कारण अष्ट्रेलियामा अघिल्लो वर्षको भन्दा २९ प्रतिशतले विद्यार्थी संख्या बढेको छ ।
तर, आफूले पढेकै विषयसँग सम्बन्धित काम भने नपाएको विद्यार्थीहरुको भनाई छ । ४८५ भिसा पाउनेमध्ये ५० प्रतिशत भन्दा पनि कमले आफ्नो क्षमता अनुसारको काम पाएको अनुसन्धानले देखाएको छ ।
विदेशी विद्यार्थी मात्रै होइन अष्ट्रेलियामा स्थानीय विद्यार्थीहरुले पनि आफ्नो क्षमता अनुसारको काम पाइरहेका छैनन् । सोही कारण विदेशी विद्यार्थीहरुको लागि अवस्था अझै कठिन रहेको अनुसन्धानमा उल्लेख छ ।