आमाका ति आसुहरु गंगाजिका जल बनुन-कविता

केशरी बस्नेत/ तानसेन ११ बन्दीपोखरा पाल्पा/प्रधानाध्यापक श्री लिपिनदेवी प्रा वि
तानसेन पाल्पा/नबखबर

आमा तिम्रो यादले गर्दा आँसु आउछ जहिले पनि
बिर्सी दिए हुन्थ्यो भन्छु मुटु दुख्छ अहिले पनि ।

दस महिना कोखमा राखी पालन पोषण गरि
प्रसब पीडा भोको पेट आफू धेरै जलि

सन्सारका ठूला देवता बुवा आमा होनी
राधा,सीता,जनक,रुद्र जे जे भने पनि

आमा तिमी समुन्द्र हो जननी को देन पनि
नेत्रज्योति सुशील असल पृथ्वीका सान पनि

गर्भदेखि सन्तानलाइ कुसुम जस्तै जोगाइ राखयौ
अनन्तमा अर्पण गर्दै बिदा भइ जलि गयौं ।

रोए आमा चिच्याए म, तर तिमी जली गयौ
कति छिटो धुवाँ बन्दै खरानी मा बिलिन भयौ ।

जुर्मुराए हातहरु आमाका ती अतितमा
रित्ता हात नाङ्गै गयौ सकिन म गुन तिर्न।

आमाका ति आसुहरु गंगाजिका जल बनुन
बाबाका ती आशिर्वाद जिन्दगीका पल बनुन।

यी हातले के लेखु खोइ आमा तिम्रो सम्झनामा
सधै भरी पौडी खेलें बाबाका ती पसिनामा।

सन्सारमा रुदै हिडे पाइन कतै पनि
हृदयमा जिबित रहनु जलि गयपनी ।

आमा जलि गए पनि
बाबा जली गए पनि ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय