शुक्रबार निस्कासन हुने आइपिओमा कति दिने आवेदन ?

आज भोलि लगानीकर्ताको ध्यानाकर्सन बनेको आइपियो भनरे करिब १५ -१६ लाख पुगेसकेका छन्। छोटो समयमा फाइदा हुने भएपछी धेरै आम मानिसहरुको रोजाई बनेको छ।

लगानीकर्ता बढे संगै धेरै कम्पनीले धामाधम आइपियो जारि गरिरहेका छन्। सिंगटी हाइड्रो इनर्जी लिमिटेडले पनि यसै हप्ता आइपियो जारि गर्ने भएको छ।पहिलो चरणमा सोमबार स्थानीयका लागि निस्कासन तथा बिक्रि गरेकोआइपियो को बाँडफाँड भए लगतै कम्पनीले दोस्रो चरणमा आम सर्वसाधारणका लागि IPO निष्कासन गर्न लागेको हो ।

सिंगटी हाइड्रो इनर्जी लिमिटेडलाई नेपाल धितोपत्र बोर्डले ४३ करोड ५० लाख रुपैयाँबराबरको आईपीओ निष्कासन गर्ने अनुमति दिएको थियो ।सिंगटी हाइड्राे इनर्जी कम्पनी लिमिटेडले चैत ६ ( सुक्रबार ) गतेदेखि सर्वसाधारणका लागि साधारण सेयर (IPO ) निष्कासन तथा बिक्री खुल्ला गर्ने भएकाे छ ।

धितोपत्र बोर्डले कम्पनीलाई प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ४३ करोड ५० लाख रूपैयाँ बराबरको ४३ लाख ५० हजार कित्ता साधारण शेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका पुस २१ गते, मंगलबार अनुमति प्रदान गरेकाे थियाे ।

कम्पनीले निस्कासन गर्ने ४३ लाख ५० हजार कित्ता आईपीओ मध्ये स्थानीयका लागि १४ लाख ५० हजार कित्ता निस्कासन गरि बिक्रि गरेर बाडफाड सम्पन्न भएकोले बाँकी रहेको २९ करोड रुपैयाँ बराबरको २९ लाख कित्ता आईपीओ आम सर्बसाधारणको निष्कासन तथा बिक्रि गर्ने कम्पनीको तयारी छ ।

सिंगटी हाइड्रो इनर्जी कम्पनीले आयोजना प्रभावित स्थानीयहरूका लागि जारी गरेको प्राथमिक शेयर बाँडफाँडमा १० देखि ४९० कित्तासम्म माग गर्नेलाई माग अनुसार नै शेयर बाँडफाँड गरिएको थियो भने ५०० कित्ता भन्दा बढी माग गर्नेलाइ गोलाप्रथाबाट २९९ जनालाई थप १० कित्ता शेयर बाँडफाँड गरिएको थियो ।रेटिङ एजेन्सी केयर रेटिङ नेपालले सिंगटी हाइड्रोको IPO लाई ग्रेड ४ रेटिङ दिएको छ।कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको काम मेगा क्यापिटल लिमिटेले गरेको छ ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि-आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । साथै मेरो सेयर एप र मेरो सेयर सफ्टवेयर मार्फत पनि आवेदन दिन सक्नेछन् ।

यो पनि पढ्नुहोस चौधरी ग्रुपका अध्यक्ष तथा खर्बपति विनोद वाइवाइ नेपालको सेयर बजारमा आउने बताएका छन्।

पुस्तक प्रकाशन संस्था फाइनप्रिन्टद्वारा आयोजित साहित्य महोत्सव फाइनप्रिन्ट फिभरमा उद्योगपति विनोद चौधरीले वाईवाईले प्राथमिक सेयर (

आईपीओ) निष्कासन गर्ने बताएकाहुन् । उनले उक्त कार्यक्रममा पत्रकार उमेश चौहानले ‘वाइवाइ’लाई सेयर बजारमा सूचीकृत गर्ने योजनाबारे सोध्दा चौधरीले ” चौधरी ग्रुपअन्तर्गतका थुप्रै कम्पनी जनतामा गएका छन् र तिनले कहिल्यै घाटा पुर्याएका छैनन् । कुनै नेपालीको लगानी डुबेको छैन । वाइवाइ पनि कुनै दिन जनतामा जान्छ” भनेका थिय।

चाउ चाउ र होटलमा ठूलो लगानी गरेका चौधरीले चाउचाउ र होटललाई विश्वभर फैलाउन आवश्यक रहेको बताएक हुन् । उनले भने ‘वाईवाई विश्वभर ब्राण्ड बन्ने क्रममा छ ।नेपालका एकमात्र ‘फोब्र्स’ सूचीकृत अर्बपति चौधरीले २०४१ सालमा थाइल्यान्डबाट अन्तराष्ट्रिय ब्रान्ड अधिकार सहित वाइवाइ भित्र्याएका हुन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय