घा’इतेको उद्दार गर्न बुटवलको कार्यक्रम छोडेर हेलिकप्टर लिएर बागलुङ पुगे पूर्वमन्त्री गोकर्ण विष्ट

गुल्मीबाट बागलुङको निसिखोलाको लागि छुटेको जीप बागलुङ बडीगाड– ७ को कोप्चेमा आज दु’र्घटना हुँदा १४ जनाको नि’धन भएको छ । तीन जना ग’म्भीर घा’इते भएका छन् भने एकजना बेपत्ता भएका छन् । नि’धन हुनेमध्ये दश जनाको पहिचान भएको छ भने चार जनाको अझै पहिचान खुल्न सकेको छैन ।

दु’र्घटनामा ज्या’न गु’माउ’नेमध्ये अधिकाशं गुल्मीको इस्मा गाउँपालिकाका रहेका छन् । घा’इतेलाई हेलिकोप्टरमार्फत काठमाडौँं ल्याईएको छ । तीनजना ग’म्भीर घा’इते भएकोमा पूर्वमन्त्री तथा सांसद गोकर्ण विष्टसहितको टोलीले घा’इतेलाई काठमाडौं ल्याएको हो।

गुल्मीको इस्मा गाउँपालिकाबाट कुलपुजाको लागि बागलुङको निसिखोला जाँदै गरेको जीप दु’र्घटना भएको खबरलगत्तै घा’इतेहरूको उद्धार तथा उपचारको व्यवस्थाका लागि विष्ट नेपाली सेनाको हेलिकोप्टर लिएर वुर्तिबाङ पुगेका थिए। पूर्वमन्त्री गोकर्ण विष्ट बुटवलको कार्यक्रम छोडेर बागलुङ उद्दारका लागि हेलिकप्टर लिएर पुगेका हुन ।

गुल्मीको इस्मा गाउँपालिका–४ दोहोलीबाट बागलुङको निसिखोला गाउँपालिका बायोखोलामा दिवाली पूजाको लागि हिँडेको ग १ ज ५२१९ नं को जीप दु’र्घटनामा परेको हो। अहिले बेपत्ताको खोजी र थप उद्धारकार्य जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय