अब आइपियोमा आवेदन दिन सजिलो हुने ,

आइपियो भर्न समस्या भएको लगानिकर्ताको गुनासोको सम्बोधन गर्दै अब सीडीएससीको छुट्टै वेबसाइट मार्फत सहज ढंगले बिना झञ्झट आइपीओ आवेदन दिन मिल्ने भएको छ।

मेरो शेयरमा धेरै भार परेको कारण सर्भरमा समस्या भएर लगानीकर्ताहरुले सास्ती खेप्नु परेको थियो। यसघि आइपियोको नतिजा सार्बजनिक गर्नको लागि सीडीएस एन्ड क्लियरिङ लिमिटेडले सब डोमेन संचालनमा ल्याएको थियो।

शेयर बजारमा धेरैको आकर्षण बढ्न थालेपछि मेरो शेयरमा समस्या हुन लागेर दोस्रो बजारमा कारोबार गर्ने हरु क्लोजआउटमा परेर चर्को फाइन तिर्न परेको गुनासो बारम्बार आहिरहेको थियो।अब कुनै पनि कम्पनीको प्राथमिक सेयर निष्कासन (

आइपीओ) मा आवेदन सहज ढंगले दिन मिल्ने गरीसीडीएस एन्ड क्लियरिङ लिमिटेड(सीडीएससी)ले नया वेबसाइट बनाउने भएको हो ।

आजभोली बजारमा धेरै नयाँ कम्पनीका आइपीओ निष्कासन हुने अवधिमा सीडीएससीको वेबसाइटमा अत्यधिक भार पर्न थालेपछि अब छुट्टै वेबसाइट बनाउन सिस्टम भेन्डर कम्पनी एफवान सफ्टसँग छलफल भइरहेको पूर्णप्रसाद आचार्यले जानकारी दिएका हुन् ।

सीडीएससीका अनुसार आज शुक्रबारसम्म ३१ लाख ५८ हजार ७९६ जनाले डिम्याट खाता खोलिसकेका छन् भने नयाँ कम्पनीका आइपीओ आवेदनमा करिब १९ लाखको आवेदन पर्न थालिसकेको छ।।

सम्बन्धित :
लगानीको अवसर : आइतबार निस्कासन हुने शेयरमा कति कित्ता दिने आवेदन ?

खुशीको खबर : जीवन विकास लघुवित्तले निस्कासन गर्दै आइपियो , कति पायो रेटिङ ?

FPO निस्कासन र बोनस पारित गर्न मिर्मिरे लघुवित्तले बोलायो साधारण सभा ,

यो पनि पध्नुहोस ग्रीन लाइफ हाइड्रोपावर कम्पनी लिमिटेडको साधारण सेयर (आईपीओ) यसै साता भित्रमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचिकृत हुने भएकाे छ ।

सेयर सूचीकरणका लागि नेप्सेमा पठाएको सेयर रजिष्टार्ड सानिमा क्यापिटल लिमिटेडले जनाएको छ।
आज अथवा भाेलि भित्रमा लगानीकर्ताकाे हितग्राही खातामा जम्मा हुने क्यापिटलले जानकारी दिएको छ।

नेप्सेका सूचना अधिकारी मुराहरी पराजुलीले कम्पनीको आईपीओ सूचीकरणका लागि निवेदन आइसकेको र सबै कागजपत्रहरु पुगेको खण्डमा यसैसाता सूचीकरण सम्झौता हुने बताएको छन् ।

ग्रीन लाइफ हाइड्रोपावर कम्पनी लिमिटेडले माघ २३ गते देखि माघ २७ गते सम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ३४ करोड ९६ लाख ४० हजार रूपैयाँ बराबरको ३४ लाख ९६ हजार ४ सय कित्ता साधारण सेयर निष्कासन तथा बिक्री खुल्ला गरेकाे थियो ।

उक्त आइपियोमा बढी आवेदन परेको हुदा गोलाप्रथा बाट सर्बसाधारणलाइ १० कित्ता बाडफाड गरिएको थियो। जसमध्ये १ लाख ७४ हजार ८२० कित्ता सेयर सामूहिक लगानी कोषका लागि ६९ हजार ९ सय २८ कित्ता कर्मचारीहरुका लागि र बाँकी ३२ लाख ५१ हजार ६ सय ५२ कित्ता सर्वसाधारणहरुका लागि छुट्याइएकाे थियाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय