बिहानी महिला उद्यम समुह धुर्कोट गाउँपालिका १ नयाँगाउ द्वारा प्रथम बार्षिक साधारण सभा सम्पन्न

धुर्कोट गुल्मी/नबखबर

धुर्कोट गाउँपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक सहयोग र सिर्जनशिल सामुदायिक विकास केन्द्र गुल्मी द्वारा

संचालित सामुदायिक विकासका लागी बाख्रा उद्यम परियोजना अन्तरगत गठित बिहानी महिला उद्यम समुह धुर्कोट गाउँपालिका वडा नं १ नयाँगाउले आफ्नो प्रथम बार्षिक साधाहरण

सभा एक कार्यक्रमका बिच धुर्कोट गाउँ कार्यपालिका सदस्य बिमला पाध्यवती सुनारको प्रमुख आतितथ्यतामा सम्पन्न भएको छ।

सोहि कार्यक्रममा बोल्नुहुदै धुर्कोट गाउँकार्यपालिका सदस्य बिमला पाध्यवती सुनारले हाम्रो गाउँपालिकाले महिलालाई चुलो चौकोमा मात्र सिमीत हुने अबस्था बाट हटाउदै आर्थिक पाटो माथि उठाउनको लागी यो

परियोजनाको माध्याम बाट प्रतेक टोलकि दिदि बहिनि सम्म पुग्न खोजेको बताउनु भयो। उहाँले थप्नुभयो हाम्रो समाजमा विभिन्न किसीमका लघुवित्त संस्थाका कारण हामी दिदि बहिनीको घर परिवार नै तहसनहसको अबस्था हुन

सक्ने हुदा हामीले लिएको रिण लाई उत्पादन मुलक क्षेत्रमा लगानी गरी उद्यमीको माध्याम वाट समुहलाई नमुना बन्न सुझाउनु भयो।

त्यस्तै उक्त कार्यक्रममा बोल्नुहुदै वडा नं १ का वडा सदस्य देव बहादुर पाण्डे ले यो समुह गठन भएपछी हाल सम्म जुन समुहले गरेका रचनात्मक काम ले साच्चिकै समुहको माध्याम बाट यस टोल लाई चिन्न सक्ने गरि

टोलको नाम नै परिवर्तन गर्नुहुन अनुरोध गर्नु भयो। जुन नामले यस समुहको नै पहिचान झल्कने छ। र नयाँगाउ मा गठित २० वटा समुहकै नमुना समुह वनोस भन्ने शुभकामना समेत व्याक्त गर्नु भयो।

सोहि कार्यक्रममा समुहकि सहसचिव शुशिला वि क ले आफ्नो समुहको एक वर्ष सम्म गरेको काम र त्यस समुहको रू १८०००| अठार हजार बरावरको प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो।

बिहानी महिला उद्यम समुहकि अध्यक्ष दुर्पता बि क को अध्यक्षता समुह सदस्य ललिता वि क को स्वागत गित र समुह सदस्य ममता सुनारको स्वागत मन्तव्य बाट

सुरू भएको कार्यक्रममा धुर्कोट गाउँकार्यपालिका सदस्य बिमला पाध्यवती सुनारको प्रमुख आतित्थता वडा सदस्य देव वहादुर पाण्डे सामुदायिक विकासका लागी बाख्रा उद्यम परियोजनाका प्राविधिक संयोजक नारायण जि सी,

धुर्कोट गाउँपालिका पशु शाखा पशु प्राविधिक भरत खड्का, सामुदायिक सहजकर्ता विष्णु कुवर , समाज सेवि चन्द्र वि क, विष्णु वि क ,

कृष्ण वि क समुह उपाअध्यक्ष कमला वि क लगाएतको शुभकामना मन्तव्य र ग्रामिण पशु स्वास्थ कार्यकर्ता बाबुराम पोख्रेल नवज्योति महिला उद्यम समुह अध्यक्ष सिता खत्री

सक्रिय महिला उद्यम समुह अध्यक्ष सरिता जि सी प्रगतिशिल महिला उद्यम समुह सचिव लक्ष्मी जि सी लगाएतको आतित्थता

रहेको कार्यक्रमको संचालन समुहकि सचिव उमा वि क को संचालनमा सम्पन्न भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय