सरकारी कर्मचारीले बहुविवाह गरे जागीर चट्, भविष्यमा समेत सेवाका लागि अयोग्य

काठमाडौं । बहुविवाह, जातीय छुवाछूतलगायतका फौ जदारी क सुरमा अदालतबाट दो षी ठहर भएमा सरकारी कर्मचारीका लागि निकै ठूलो स जायको ब्यवस्था लागू हुने भएको छ । सरकारको तलब खाएर राज्यले नै बनाएका कानुन उ ल्लंघन हुने काम गरे भविष्यमा समेत सरकारी सेवाका लागि अयोग्य हुने गरी सजाय तोकिने भएको छ ।

खाइपाई आएको जागीर पनि जानेछ भने, भविष्यमा पनि अगोग्य ठहरिने छ । नैतिक प तन देखिने फौ जदारी क सुरमा भविष्यमा कुनै पनि सरकारी सेवाका लागि योग्य हुने छैनन् । अन्य क सुरमा भने अयोग्य नठहरिने गरी सेवाबाट हटाइने छ । प्रतिनिधि सभाका राज्य व्यवस्था तथा सुशासन समितिमा सङ्घीय निजामती सेवाको गठन, सञ्चालन तथा सेवाका शर्तसम्बन्धी विधेयकको दफाबार छलफलका क्रममा समितिले बहुविवाह र जातीय छुवाछूत क सुरमा दो षी ठहर भए पनि सेवामा अयोग्य हुने सहमति गरेको हो ।

समितिले उल्लेखित दुई क सुरलाई छलफलपछि थप गरेको हो । भ्रष्टा चार, किर्ते , राष्ट्रविरुद्ध जासुसी, ला गू औषध कारोबार, सम्पत्ति शुद्धीकरण, मानव बे च बिखन, अप हरण तथा शरीर ब न्धक लगायतका क सुरमा अदालतबाट दो षी ठहर भएमा सेवाबाट बर्खा स्त गरी भविष्यमा अयोग्य हुने प्रस्ताव भने सरकारले नै गरेको थियो । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय