देश डुब्न लाग्दा पनि नेताजीको स्वभाव उस्तै

मोहन जि.सी,धुर्कोट गाउपालिका १ नयांगाउँ गुल्मी
हाल छात्रकोट गा. पा ३ मैनडांडां मा.वि गुल्मी
सम्पर्क ९८५७०६७३८३

गजल – भाग १

देश डुब्न लाग्दा पनि नेताजीको स्वभाव उस्तै;
तिलको खोजि गर्छन जहाज डुबेपनी रवाफ उस्तै !!

नागरिकले स्वतन्त्रता प्रयोग गर्ने दिन कैले,
पार्टी अनि गुटका नेता भेटघाट संगै लगाव उस्तै !!

देशमा शान्ति सुरक्षा र अमनचयन चाहिएको छ,
स्विजरल्याण्ड बनाउछौं भन्ने आखिर जवाफ उस्तै !!

आफ्नो पार्टी भएपछी अपराधी नि साधु हुन्छ,
अर्को पार्टी भयो भने क्रियाकलाप भेदभाव उस्तै !!

विष्णु गाहा, तानसेन पाल्पा

जब चुम्छौ अधर, अङ्ग अङ्ग चलमलाउछ
नशा नशा चढ्यो, कसो गरु सलवलाउछ
पस्यौ मुग्लान तड्पाएर, आउने दिन गनिराछु
कस्तो खवर आउला, दाहिने आँखा फरफराउछ

दुई चार पैसा दान, हजार लाख लुट्नेहरु
लाज पचाएर अझ, समाजसेवी कहलाउछ

सत्तामा लुछाचुडी, अव छोड्दै जानुपर्छ
भ्रष्टाचार उन्मुलनले, देशमा विकास लहराउछ

अर्को रचना

भाग्य खोज्दा खोज्दै टाढा बसाइ सर्छन नारि,
ढकमक्क फुल्ने बेला ओइली भुइमा झर्छन नारि !!

नजन्मदै गर्भमा तुहिएर खेर फाल्ने कठै,
जन्मेपछि बोक्सी,राडी वचनमा पर्छन नारि !!

छोरो नपाए दोष उनकै सन्तान नपाए नि दोष उनकै,
हिंसा पिडा सहन नसकी आ,त्महत्या गर्छन गर्छन नारि!!

यौन पिपासु प्यास मेटाउन छोरी आमा जस्ता होस,
ब;लात्कृत आशु लिई विवशता संग लड़छन नारि!!

संविधानमा महिला स्वतन्त्रता हक जे जे लेखेपनि,
ज,बरजस्ती करणी,दाइजो निहुमा जिउदै मर्छन नारि !!

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय