छोरीले पिण्ड दिन नमिल्ने भन्दै पण्डितले गर्न मानेनन् काजकिरिया

फाइल तस्विर : आमा भगवती दुवाडीको अर्वुद रोगको कारण निधन भएपछि धादिङ्ग नीलकण्ठ नगरपालिका वडा नं ३ स्थित घरमा क्रियामा बसेका उनकी दुई छोरी संगीता र सरला दुवाडी ।

इटहरी । छोराले मात्र पिण्ड दान गर्न मिल्ने भन्दै पण्डितले किरिया गर्न नमाने पछि दुई बालीका अलमलमा परेका छन् । इटहरी १७ खनारमा ७ दिन अघि पेटको बाथको उपचारको क्रममा आमा गुमाएका दुई नाबालीका सन्तानले आफ्नै आमाको किरिया गर्न बाट बञ्चित हुनु परेको छ ।

इटहरी १७ मा बस्दै आएकी राधा आचार्यको उपचारको क्रममा ७ दिन अघि विराटनगर स्थीत नोबेल मेडिकल कलेजमा मृ*त्यु भएको थियो । मृ*त्यु पश्चात तिन दिन अघि सतगत गरेका आफ्नी आमाको किरियामा आफन्त कोही नबस्ने भए पछि आफै बस्न तयार भएका दुई छोरी १६ बर्षको सनम आर्चाय र १३ बर्षको स्वयेक्षा आचार्य लाई पण्डीतले नमिल्ने भन्दै किरिया गर्न नमानेको स्थानीय सचिन नेपालले बताएका छन् । उनिहरुले केहि समय अघि बुबा पनि गुमाएका थिए ।

नेपालले आर्थीक स्थीती कमजोर भएको कारण आफन्तले पनि नहेरेको भन्दै गाँउलेले सहयोग गरीरहेको तर पण्डीतले किरिया गर्न नमानेको उनले जानकारी गराएका छन् ।

आचार्यको सन्तानको रुपमा दुई छोरी मात्र रहेको र मृ*त्यु पश्चात किरिया गर्ने अधिकार उनिहरु लाईनै रहेको भन्दै गाँउलेले सहयोग गरे पनि कुनै पण्डित तयार नभए पछि समस्या भएको नेपालको भनाई रहेको छ ।

पण्डित नमाने पछि दुई बालीकाले तिनदिन देखी आमाको किरिया गर्न पाएका छैनन् । पण्डीतहरुले शास्त्रीय नियम अनुसार छोरीले पिण्ड दिन नमिल्ने भन्दै तर्किएका छन् । पण्डितले मृ*त्यु हुनेको छोरा नभए पनि आफन्तका छोरा मान्छेले मात्र पिण्ड दिन पाउने भन्दै उनिहरुले किरिया गर्न अस्वीरकार गरेको स्थानियले बताएका छन् ।

सानै उमेरमा बुबा समेत गुमाएका दुई नाबालीकाले आमा पनि सातदिन अघि गुमाएका थिए । गुमेको आमाको किरिया गर्न नपाएका बालीका यतिखेर चिन्तीत बनेका छन् । आर्थीक अवस्था कमजोर रहेको आचार्य परिवारमा आफन्त समेत नहेर्दा उनिहरु लाई आपत परेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय