गुल्मीमा महिलासहित दुई बालिकाकाे श*व भेटियो, अनुहार र टाउ*कोमा चो.टै-चो*ट !

काठमाडौँ – गुल्मीको चन्द्रकोट गाउँपालिकामा तीन जनाको शव फेला परेको छ। गुल्मीको चन्द्रकोट गाउँपालिका–३ हर्राचौरमा दुई बालबालिकासहित तीन जना शव शनिबार फेला परेको हो।

मृत फेला परेकाहरुमा अन्दाजी ३० वर्षीय महिला, अन्दाजी १० वर्षीय बालिका र ५ वर्षीया बालिका रहेको छन्। प्रहरीका अनुसार तीनै जनाको पहिचान खुल्न सकेको छैन।

पहिचान खुल्न नसकेपछि जिल्ला प्रहरी कार्यालय गुल्मीले बाग्लुङ र गुल्मीका सबै प्रहरी युनिटमा पहिचानका लागि सर्कुलर जारी गरिसकेको छ। हर्राचौरको आलुखरिपाको जंगलमा स्थानीयहरुले शव देखेपछि प्रहरीलाई खबर गरेको बताइएको छ।

मृतकहरूमध्ये महिलाको शव सडक किनारदेखि केही मिटर र एउटा बालिकाको शव दुई सय मिटर र अर्को बालिकाको शव दुई सय ३० मिटरको दुरिमा फेला परेको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ।

बालबालिकाको टाउकोमा र महिलाको अनुहारभरि चोट देखिएको र शव भेटिए भन्दा झण्डै ५ मिटर माथि पैदल हिँड्ने बाटोमा रगत लागेका ढुंगा भेटिएको स्थानीयवासीहरुले बताएका छन्।

घटना कात्तिक पहिलो साता अथवा एक हप्ता अगाडी घटेको हुन सक्ने प्रहरी अनुमान छ। अनुसन्धानमा जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक राजकुमार रावलको नेतृत्वको टोलि खटिसकेको छ।
साभार Bigul news

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय