शिक्षण कर्म रमाईलो बनिरहोस्, सरकार उदासिन नहोस्-कविता

धुर्वराज भण्डारी, साँफेबगर
१० अछाम,गौरीगङ्गा ५ कैलाली
हाल रैनादेवी छहरा ६ पाल्पा
पटुवाचौर सम्पर्क नम्बर-९८६८५८२२७३

संयोग सुन्दर यो कथा गहकिलो, तालिमको सार छ ।
आएँ फेरि हजूर सामू अहिले, सबमा नमस्कार छ ।।

पाल्पा गुल्मी अकाट्य ब्रह्म रचना, विग्यै गोपालै गुरु ।
उस्तै माधव प्रतीभा अति हुने, उद्दीप्त हुँदा शुरू ।।

हाम्राे काम गराईले युग चुमोस्, यो दिन अकाट्यै बनोस् ।
शिक्षण कर्म रमाईलो बनिरहोस्, सरकार उदासिन नहोस् ।।

बिपिन केशरी बस्नेतै मेडमको, सारह्रै उज्याला दिन ।
थाक्नु हुन्न कदापि कर्म रतका सङ्कल्पमा एक्छिन ।।

भैरव प्रावि त गुञ्जियोस युगभरी, यी बिष्णुका स्वरले ।
सम्मान सन्ततीले सधैँ गरिरहून्, तालिमका जोरले ।।

साह्रै विज्ञ खुबै मीठा धनपती, यम्घा सीता मावि हो ।
गौरा म्याडमलाई राम्दि भरीमा सम्मान नदिन्या छ को ।।

दुर्गा आवि विषे उनै मीन भया, हाँसीरहेका पनि ।
कृष्णै मावि खुबै पवित्र हुनगो, थापा पवित्रा भनी ।।

मेरो नाम त धुर्व हो घर अछाम, डाँडै पछाडि रह्याे ।
कुँवारी पटुवाचऊर छहरा साह्रै पियारो भयो ।।

कोईराला कमला सदा कमल मन, यात्रा सहज होस है ।
बाल्हितमा सबलै बसन्ती रहँदा राम्रो बन्यो स्कूलै ।।

उपाध्या मीमराज छन् यी रसिला, कालिकोटे सृजना ।
दर्वार गुल्मी सिँगारी राखने सदा, सब्कि पियारी रमा ।।

राम प्रसाद अर्याल क्या भनूँ ऊनी मुस्कानका गर्व छन् ।
हार्मीचौर विषे सुमन त गतिला, बिज्ञै वडा सर्ब छन् ।।

शर्मा सुवेदी बाटुलाको झरना, राम्रो होला त्यो कति ।
मञ्जू पोख्रेल पुण्य क्षेत्र रुरूकी, गर्दै रहून् प्रगती ।।

सीताको गुणगान गर्न सहशा, शब्दै अपूरा भए ।
कीर्तन जीवन ऊनकै छ बशमा, ज्वालाहरू दन्किए ।।

रोमा हुन् युगकी अकाट्य रचना, आनन्दपुर ईशमा ।
लक्ष्मीकै अवतार झैँ गहकिली, छन् मानवी रूपमा ।।

विष्णु कुँवर ज्ञान अौ अनुभवै, अड्कल नहुने सरी ।
चिन्ने छन् सहजै मदाने भरीका, जन्ताहरू युग्भरी ।।

आचार्य जनज्योती मुसीकोटका, बिष्णुप्रसादै पनि ।
आयाका गुण सीप बृद्दी गरूँला तालिम लिएरै भनी ।।

चालीसे गणेशै महेन्द्र नमूना, आदर्श होस् जीवन ।
शान्तीकाे पृथ्वी सदा अटल होस्, कैल्यै नफाटोस् मन ।।

मोहनको मन मोहनै सरी सरी बनोस्, मैनडाँडी ज्ञानी बनून् ।
माया ज्ञानुको कल्पमा प्रगति होस्, श्री सिद्दमा लागि मन ।।

बाबुराम सदा जपून् भगवती, धुर्कोट सक्षम होस् ।
नेटा मावि विषे सदा चलिरहोस्, दिपक अर्यालैको जाेस् ।

मिमराज उपाध्याय,रास्कोट-८ कालिकोट हाल पाल्पा
मो नं = 9848310729

TPD तालिममा उपस्थित २५ जना प्रशिक्षार्थी र २ जना
प्रशिक्षक सरको नाम समाबेश गरि तयार पारेको गित

रमा पौडेल राम प्रसाद सर गुल्मी दरबार ।
आदरणीय गोपाल सरलाई मेरो नमस्कार ।

गणित विषयको विज्ञ माधब प्रसाद पोख्रेल ।
गणितीय शिक्षण विधी आगमन र खोज,खेल ।

लिपिन देवी प्रा.वि देखि आउनु भो केसरी ।
प्रभावकारी तालिम पायौं हामीले बेस्सरी ।

बिष्णु गाहा शिक्षण गर्ने भैरब प्रा.वि तानसेन ।
TPD,CPD तालिम सबले राम्रो ठान्छन ।

सीता मा.वि यम्घाबाट धनपति बस्याल ।
सानासाना नानीबाबु सबैको गर्नु ख्याल ।

राम्दी मा.वि राम्दीबाट गौरा न्यौपाने ।
१० दिन तालिम लिएपछि बल्ल स्कुल जाने ।

दुर्गा मा.वि रिब्दीकोटका मीन बहादुर बिक ।
१० दिनसम्म पाल्पा बस्दा कोही नमान्नु दिक्क ।

पबित्रा थापाको स्कुल कृष्ण मा.वि रम्भा ।
हाम्रा नानीबाबुहरु भविष्यका खम्बा।

सुदुरपश्चिम घर भएका धुर्बराज भण्डारी ।
स्कुल पढ्ने नानीबाबु सबै आज्ञाकारी

कमला कोइराला मेडम भगवती मा.वि ।
फलोस फुलोस जिन्दगानी विद्यार्थीको भाबि ।

बालहीत प्रा.वि पाल्पा बाट बसन्ती फाल थापा ।
दूइटा नगरपालिका छन आठ वटा छन गा.पा ।

नाम हो मेरो मिमराज कालिकोट हो घर ।
धनन्जय गोत्र मेरो धमाला हो थर ।

बाटुला सुवेदी शर्मा चन्दाकोटको झर्ना ।
छुटफुट नानीबाबु स्कुल छिटो गर्नु भर्ना ।

रोमा पाण्डे आनन्दपुर,सीता देबिस्थान ।
प्रशिक्षार्थी सबैलाई म गर्छु सम्मान ।

विष्णु कुवर पौडेल मेडम गुल्मीको मदाने ।
सरको अनुमती बिना कोही बाहिर नजाने ।

मुसिकोटको विष्णुप्रसाद आचार्य चकित ।
तालिमको अवधिभर नहुनु थकित ।

गणेशमान चालिसे सरको गुल्मी पर्यो घर ।
मलाई पनि गुल्मी घुम्न लैजान मिल्छ र ।

पृथ्वी प्रा.वि बाट शान्ति विश्वकर्मा ।
बिद्यार्थीको ख्याल गर्नु ह‌ै स्कुलमा र घरमा ।

मोहन जि.सि छत्रकोटको मा.वि मैनडाँडा ।
यो तालिमले हामी सबको सम्बन्ध होस गाढा ।

ज्ञानुमाया त्रामुको सिद्ध सत्यवती ।
दोस्रो फेजको तालिम लिन आऊला अर्को चोटि ।

भगवती मा.वि बाट बाबुराम पौडेल।
हाम्रो भेटघाट भईरहोस हामी बाचुञ्जेल ।

दिपक अर्याल अमर मा.वि नेटा हो मालिका ।
भविष्यका कर्णाधार हुन हाम्रा बालबालिका ।

सुमन पन्थी हर्मिचौर,मञ्जु पोख्रेल रुरु ।
कोटीकोटी नमस्कार छ आदरणीय गुरु ।

अर्को गजल विष्णु गाहा, पाल्पा

भाग्य खोज्दा खोज्दै टाढा बसाइ सर्छन नारि,
ढकमक्क फुल्ने बेला ओइली भुइमा झर्छन नारि !!

नजन्मदै गर्भमा तुहिएर खेर फाल्ने कठै,
जन्मेपछि बोक्सी,राडी वचनमा पर्छन नारि !!

छोरो नपाए दोष उनकै सन्तान नपाए नि दोष उनकै,
हिंसा पिडा सहन नसकी आ,त्महत्या गर्छन गर्छन नारि!!

यौन पिपासु प्यास मेटाउन छोरी आमा जस्ता होस,
ब;लात्कृत आशु लिई विवशता संग लड़छन नारि!!

संविधानमा महिला स्वतन्त्रता हक जे जे लेखेपनि,
ज,बरजस्ती करणी,दाइजो निहुमा जिउदै मर्छन नारि !!

सम्बन्धित अर्को रचना –

पार्वती कुँवर क्षेत्री, इस्मा गाउँपालिका हस्तिचौर गुल्मी

नेपाल स्वतन्त्रता, सार्वभौमिकता भौगोलिक, अखण्डता ,राष्ट्रिय एकता,स्वाधीनता र स्वाभिमानलाई अक्षुण्ण राखि

बहुजातीय,बहुभाषिक,बहुधार्मिक,बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषतालाई

अात्मसात गरि सुशासन विकास र सम्वृद्धि अाकांक्षा पूरा गर्न संविधान

सभाबाट पारित नेपालको संविधान २०७२ ले मैलिक हक अन्तरगत महिला हक,स्वतन्त्रताको हक,संचारको हक ,

बालबालिकाको हक लगायतका ३१ वटा मैलिक हकको व्यवस्था गरेता पनि कार्यान्वयनमा जटिलता देखिएको छ ।

गत बिहीबार मात्रै बैतडीकि भागिरथी भट्टको ब’ला.त्कार पछि ह;त्या भएको छ ।

नालायक निरिह सरकारको कुम्भकर्ण गृहमन्त्री अन्धो मात्रै होइन बहिरो समेत भएको छ ।

लक्ष्मी पुजिने देशमा लक्ष्मिको अस्मिता निरन्तर लु,टिए.को छ ।

सतिले सरापेको देशको दाग त्यत्तिकै लागेको हैन रैछ । लाखौं पारिवारिक र सामाजिक संक्रिणताको सि,कार महिलाहरुको अाशुले नै हो ।

निर्मला र सम्झना जस्तै हजारौं छोरिको न्याय उधारोमा लिलाम हुदा पनि भागिरथी अन्यायको भागेदार बनेकि छन ।

हाल देशमा ,राज्य छ-सरकार छैन/निदाएको छ ।

न्यायलय छ- न्याय छैन।
गृह प्रशासन छ- अनुसन्धान छैन
अधिकारकर्मि छन-अधिकार कुण्ठित छ ।
स्वतन्त्रता छ- अभिव्यक्ति मनाहि छ ।

त्यसैले भागीरथी न्याय मर्यो भनौ त प्रशासन, न्यायलय मजबुत देखिन्छन् ।
न्याय बिउँझेको छ भनौ त निर्मला र संस्झनाका अपराधि सुरक्षित संरक्षणमा बसिरहेका छन् ।

राज्यले गर्छ वा गर्ला अाशा गर्न छाडौ,छोरिलाइ जुन जस्ति नबनाऊ,कि हर कोहिले घुरेर हेरोस् ।

छोरिलाइ सुर्य जस्तैः बनाऊ,ता कि घुरेर हेर्नुभन्दा पहिले नजर झुकाउनु परोस्

महिला हिंसा ब,ला;त्कार जस्ता जघन्य अ’परा,ध रोक्न ,
१)यथेष्ट कानुन निर्माण गर्नुपर्छ ।

२)घटना घटिसकेपछि पि,डि*त र पि,डकबिच लेनदेनको हिसाबमा मिलापत्र गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्छ ।

३) सबैले अाफ्नो छोरालाई राम्रो संस्कार दिन र महिलाको इज्जत गर्न अनि छोरिलाइ अात्म रक्षा अाफै गर्न सक्ने सक्षम बनाउन जरुरि छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय