“मेरा प्रदेशिएका दाजुभाइ हरूको कथा” -समुन्द्र अर्याल

समुन्द्र अर्याल,मुसिकोट नगरपालिका ५ अाटियर गुल्मी

एक छोरा खाडिमा १८ घन्टा डिउटी गरेर अामालाई नयाँ साडि किदिउला ,बुबाको ऋण तिरिदिउला बुढीलाई गहना बनाइदिउला ,भाइबैनी र छोराछोरीलाई राम्रो शिक्षा दीक्षा दिउला भनेर दुःख गरिरहेको हुन्छ ।

सम्पूर्ण नेपाली छोराहरूको ज्यान खाडिमा भएपनि अाफ्नो मन घरै छोडेर प्रदेश पसेका हुन्छन ।

बुढा बाअामाको हेरचाहा र सम्पूर्ण घर व्यवहार अाफ्नी श्रीमतीलाई अाफुलाई भन्दा पनि विस्वास गरेर प्रदेश पसेको हुन्छन ।

बुढा बाअामाको साहारको रूपमा अाफ्नी श्रीमती छोडेर जान्छन।खाडिमा जति नै गर्मी भएपनि अाफ्नो परिवारको जीवनस्तर सुधिर्ने कल्पनाले मनलाई चिसो बनाइदिन्छ ।

खाना खाने बेला होस्,सुत्ने बेला होस् ,ब्रेक टाईमको बेला होस् सधै र सबै ध्यान अाफ्नै घर परिवार ,ती बुढा बाअामा ,जवान श्रीमती ,स-साना भाइबहिनी र बच्चा बच्चीको बारे मै सोच्दा सोच्दै बित्छ ।

साहुको गालि ,पृथक परिश्रम र बेहद थकाईलाई नजरअन्दाज गरि परिवार कै बारेमा सोच्ने गर्छन ।जब घर बाट समाचार /फोन अाउछ सम्पूर्ण दुःख ,व्यथा थाती राखेर केही तितामीठा समाचार ,न्यानो मायाको अादानप्रदान मै व्यस्त हुन्छन ।दुःख जति सबै अाफैलाई परोस् तर परिवार हासि खुसि रहोस् भन्ने चाहान्छन ।

२ महिला दुई वर्ष जस्तो लागेपनि अाफु निरन्तर मेहनत गर्दै जान्छन ।महिना मर्दा अाउने तलब अाफुले जसो तसो चलेर भएपनि सम्पूर्ण तलब घर पठाउछन । ताकि परिवार सुखि रहुन ।

चाडपर्व परेको बेला अरूका छोराछोरिले मीठो चोखो खादा राम्रो लगाउदा अाफ्ना छोराछोरीले पनि खान र लगाउन पाउन ,अाफ्नो छिमेकी की बुढीले नयाँ साडी लगाउदा बुढीलाई पनि नयाँ साडि किनीदिन पाउ ,बाबुलाई कसैले साहुमाराको संज्ञा नदिउन ,अामाले अाफ्ना छोरा प्रति गर्व गर्न सकुन्।

यति सपना देखेर अाफ्नो सम्पुर्ण जवानी र जिउ ज्यान त्यही खाडिमा लगाउछ ।

एक दिन अचानक उसको कानमा अाफ्नी बुढी सम्पूर्ण झिटी झाम्टी बोकेर अर्कोसँग पोइला गैअरे भन्ने समाचार कानमा पुग्छ ।

उसले गरेका सम्पूर्ण त्याग ,दुःख र परिवारकै भविष्यका लागि खेर फालेको जवानीको नतिजा एक दिन त्यस्तो अाउछ भन्ने सपनीमा पनि चिताएको हुदैन ।

त्यही खाडिमा कमाएको पैसा ,गरेको स्वच्छ प्रेम र विस्वासबाट मात्तिएर अर्को परपुरुष सँग लागेर सम्पूर्ण बाचा र जिम्मेवारी हरू भुल्न पुग्छन ।

अाफुलाई भन्दा बढी गरेको विस्वास ,स्वच्छ प्रेमलाई मात्र नटुक्राएर सम्पूर्ण घर नै गर्ल्यामगुर्लुम पारिदिन्छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय