स्कुल पढ्ने नानीबाबु सबै आज्ञाकारी

मिमराज उपाध्याय,रास्कोट-८ कालिकोट हाल पाल्पा
मो नं = 9848310729

TPD तालिममा उपस्थित २५ जना प्रशिक्षार्थी र २ जना
प्रशिक्षक सरको नाम समाबेश गरि तयार पारेको गित

रमा पौडेल राम प्रसाद सर गुल्मी दरबार ।
आदरणीय गोपाल सरलाई मेरो नमस्कार ।

गणित विषयको विज्ञ माधब प्रसाद पोख्रेल ।
गणितीय शिक्षण विधी आगमन र खोज,खेल ।

लिपिन देवी प्रा.वि देखि आउनु भो केसरी ।
प्रभावकारी तालिम पायौं हामीले बेस्सरी ।

बिष्णु गाहा शिक्षण गर्ने भैरब प्रा.वि तानसेन ।
TPD,CPD तालिम सबले राम्रो ठान्छन ।

सीता मा.वि यम्घाबाट धनपति बस्याल ।
सानासाना नानीबाबु सबैको गर्नु ख्याल ।

राम्दी मा.वि राम्दीबाट गौरा न्यौपाने ।
१० दिन तालिम लिएपछि बल्ल स्कुल जाने ।

दुर्गा मा.वि रिब्दीकोटका मीन बहादुर बिक ।
१० दिनसम्म पाल्पा बस्दा कोही नमान्नु दिक्क ।

पबित्रा थापाको स्कुल कृष्ण मा.वि रम्भा ।
हाम्रा नानीबाबुहरु भविष्यका खम्बा।

सुदुरपश्चिम घर भएका धुर्बराज भण्डारी ।
स्कुल पढ्ने नानीबाबु सबै आज्ञाकारी

कमला कोइराला मेडम भगवती मा.वि ।
फलोस फुलोस जिन्दगानी विद्यार्थीको भाबि ।

बालहीत प्रा.वि पाल्पा बाट बसन्ती फाल थापा ।
दूइटा नगरपालिका छन आठ वटा छन गा.पा ।

नाम हो मेरो मिमराज कालिकोट हो घर ।
धनन्जय गोत्र मेरो धमाला हो थर ।

बाटुला सुवेदी शर्मा चन्दाकोटको झर्ना ।
छुटफुट नानीबाबु स्कुल छिटो गर्नु भर्ना ।

रोमा पाण्डे आनन्दपुर,सीता देबिस्थान ।
प्रशिक्षार्थी सबैलाई म गर्छु सम्मान ।

विष्णु कुवर पौडेल मेडम गुल्मीको मदाने ।
सरको अनुमती बिना कोही बाहिर नजाने ।

मुसिकोटको विष्णुप्रसाद आचार्य चकित ।
तालिमको अवधिभर नहुनु थकित ।

गणेशमान चालिसे सरको गुल्मी पर्यो घर ।
मलाई पनि गुल्मी घुम्न लैजान मिल्छ र ।

पृथ्वी प्रा.वि बाट शान्ति विश्वकर्मा ।
बिद्यार्थीको ख्याल गर्नु ह‌ै स्कुलमा र घरमा ।

मोहन जि.सि छत्रकोटको मा.वि मैनडाँडा ।
यो तालिमले हामी सबको सम्बन्ध होस गाढा ।

ज्ञानुमाया त्रामुको सिद्ध सत्यवती ।
दोस्रो फेजको तालिम लिन आऊला अर्को चोटि ।

भगवती मा.वि बाट बाबुराम पौडेल।
हाम्रो भेटघाट भईरहोस हामी बाचुञ्जेल ।

दिपक अर्याल अमर मा.वि नेटा हो मालिका ।
भविष्यका कर्णाधार हुन हाम्रा बालबालिका ।

सुमन पन्थी हर्मिचौर,मञ्जु पोख्रेल रुरु ।
कोटीकोटी नमस्कार छ आदरणीय गुरु ।

अर्को गजल विष्णु गाहा, पाल्पा

भाग्य खोज्दा खोज्दै टाढा बसाइ सर्छन नारि,
ढकमक्क फुल्ने बेला ओइली भुइमा झर्छन नारि !!

नजन्मदै गर्भमा तुहिएर खेर फाल्ने कठै,
जन्मेपछि बोक्सी,राडी वचनमा पर्छन नारि !!

छोरो नपाए दोष उनकै सन्तान नपाए नि दोष उनकै,
हिंसा पिडा सहन नसकी आ,त्महत्या गर्छन गर्छन नारि!!

यौन पिपासु प्यास मेटाउन छोरी आमा जस्ता होस,
ब;लात्कृत आशु लिई विवशता संग लड़छन नारि!!

संविधानमा महिला स्वतन्त्रता हक जे जे लेखेपनि,
ज,बरजस्ती करणी,दाइजो निहुमा जिउदै मर्छन नारि !!

सम्बन्धित अर्को रचना –

पार्वती कुँवर क्षेत्री, इस्मा गाउँपालिका हस्तिचौर गुल्मी

नेपाल स्वतन्त्रता, सार्वभौमिकता भौगोलिक, अखण्डता ,राष्ट्रिय एकता,स्वाधीनता र स्वाभिमानलाई अक्षुण्ण राखि

बहुजातीय,बहुभाषिक,बहुधार्मिक,बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषतालाई

अात्मसात गरि सुशासन विकास र सम्वृद्धि अाकांक्षा पूरा गर्न संविधान

सभाबाट पारित नेपालको संविधान २०७२ ले मैलिक हक अन्तरगत महिला हक,स्वतन्त्रताको हक,संचारको हक ,

बालबालिकाको हक लगायतका ३१ वटा मैलिक हकको व्यवस्था गरेता पनि कार्यान्वयनमा जटिलता देखिएको छ ।

गत बिहीबार मात्रै बैतडीकि भागिरथी भट्टको ब’ला.त्कार पछि ह;त्या भएको छ ।

नालायक निरिह सरकारको कुम्भकर्ण गृहमन्त्री अन्धो मात्रै होइन बहिरो समेत भएको छ ।

लक्ष्मी पुजिने देशमा लक्ष्मिको अस्मिता निरन्तर लु,टिए.को छ ।

सतिले सरापेको देशको दाग त्यत्तिकै लागेको हैन रैछ । लाखौं पारिवारिक र सामाजिक संक्रिणताको सि,कार महिलाहरुको अाशुले नै हो ।

निर्मला र सम्झना जस्तै हजारौं छोरिको न्याय उधारोमा लिलाम हुदा पनि भागिरथी अन्यायको भागेदार बनेकि छन ।

हाल देशमा ,राज्य छ-सरकार छैन/निदाएको छ ।

न्यायलय छ- न्याय छैन।
गृह प्रशासन छ- अनुसन्धान छैन
अधिकारकर्मि छन-अधिकार कुण्ठित छ ।
स्वतन्त्रता छ- अभिव्यक्ति मनाहि छ ।

त्यसैले भागीरथी न्याय मर्यो भनौ त प्रशासन, न्यायलय मजबुत देखिन्छन् ।
न्याय बिउँझेको छ भनौ त निर्मला र संस्झनाका अपराधि सुरक्षित संरक्षणमा बसिरहेका छन् ।

राज्यले गर्छ वा गर्ला अाशा गर्न छाडौ,छोरिलाइ जुन जस्ति नबनाऊ,कि हर कोहिले घुरेर हेरोस् ।

छोरिलाइ सुर्य जस्तैः बनाऊ,ता कि घुरेर हेर्नुभन्दा पहिले नजर झुकाउनु परोस्

महिला हिंसा ब,ला;त्कार जस्ता जघन्य अ’परा,ध रोक्न ,
१)यथेष्ट कानुन निर्माण गर्नुपर्छ ।

२)घटना घटिसकेपछि पि,डि*त र पि,डकबिच लेनदेनको हिसाबमा मिलापत्र गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्छ ।

३) सबैले अाफ्नो छोरालाई राम्रो संस्कार दिन र महिलाको इज्जत गर्न अनि छोरिलाइ अात्म रक्षा अाफै गर्न सक्ने सक्षम बनाउन जरुरि छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय