बाग्लुङ समाज पोर्चुगलको सक्रियतामा बुर्तिबाङका कडेलको लागि सहयोग रकम

योगेन्द्र खरेल/लिस्वोन पोर्चुगल/नबखबर

बाग्लुङ जिल्ला बुर्तिबाङका शारीरिक रुपमा अपांग भरत कडेल आर्थिक अभाबको कारण स्वास्थ्य उपचारमा समस्या भएको भन्दै बाग्लुङ समाज पोर्चुगलका उपाध्यक्ष ज्ञानु शर्मा गौतम ले सहयोग संकलन अभियान सन्चालन गर्नुभयो

अभियानमा संकलित रकम जम्मा गरि करिब ३ लाख ४२ हजार भन्दा बढि रकम संकलन गरि बाग्लुङ समाज पोर्चुगलले हस्तान्तरण गरेको छ ।

पोर्चुगल तथा नर्वेमा रहनुभएका नेपालिहरुले प्रदान गरेको उक्त सहयोग रकम परिवारका सदस्यहरुलाई हस्तान्तरण गरिएको हो ।

यो अभियानमा पोर्चुगलमा खगेन्द्र श्रेष्ठ, रंजिता जिसि, टोरेश भुवन कडेल, गिरिजा छनत्याल यसै गरी नर्वबाट रत्न सपकोटा, तारा ढुङ्गाना, अन्जुु जिसि ले सक्रिय भुमिका खेल्नु भएको थियो ।

उक्त सहयोग संकलनमा सक्रियता जनाउनुहुने र सहयोग रकम प्रदान गर्नुहुने सबै सहयोगिहरु प्रति अभियान्ता ज्ञानु शर्मा पौडेल ले धन्यवाद ब्यक्त गर्नु भएको छ ।

साथै यो पबित्र कार्यमा लाग्नुहुने र विषम परिस्थितिमा समेत आर्थिक सहयोग गर्नुहुने सबै सहयोगिहरु प्रति समाजका अध्यक्ष श्री प्रेम खड्का र सल्लाहकार श्री सुर्य हमाल ले विशेष धन्यवाद दिनुहुदै ,

आगामि दिनहरुमा समेत यस्ता पवित्र कार्यहरुमा सक्रियताको लागि अपिल गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय