नेपालमा भिजिट नेपाल बर्ष २०२० चाँडै सुरु हुँदैछ । सरकारले २० लाख पर्यटक भित्राउँन लक्ष्य लिईरहेको छ । र सोही अनुसार सरकारले आफनो तयारी पनि थालिरहेको छ। नेपालको प्राकृतिक सुन्दरबाट मोहित नहुनेहरु सायदै कोही होलान् त्यसैले नेपालको सुन्दरतालाई नजिकबाट नियाल्न बिदेशीहरु मरिहत्ते गर्छन् । त्यसमाथि हलिउड र बलिउडका सेलिब्रेटीहरुको नेपाल भ्रमणले विश्वस्तरमा नै नेपालको थप चर्चा हुने गरेको छ।
पछिल्लो समय नेपाल हलिउड र बलिउड फिल्मको सुटिङका लागि राम्रो लोकेसन समेत बन्दै आईरहेको छ । यसबीच हलिउडका चर्चित नायक एड्रियन ब्रोडीले नेपाल भ्रमण गरेका छन् । सामाजिक सञ्जाल इन्स्टाग्राममा उनले नेपाल भ्रमण गरेका तस्बिरहरु पोस्ट गरिरहेका छन् । हाल उनी नेपाल छन् की छैनन् भन्ने चाही खुलेको छैन तर उनले सुटुक्क नेपाल भ्रमण भने गरेका छन् ।

उनी सगरमाथा बेस क्याम्पि पनि पुगेका छन् । नेपालको हिमाल र प्राकृतिक सुन्दरताबाट मोहित बनेका एड्रियनले सेयर गरेका तस्बिर र भिडियोहरुमा विश्वभरका फ्यानहरुले कमेन्ट गरेका छन् । उनले नेपालमा आफनो अविश्मरणिय समय बितिरहेको उल्लेख गरेका छन् । उनको तस्बिर तथा भिडियोले नेपाल भ्रमण बर्ष २०२० को पनि अप्रत्यक्षरुपमा प्रचार भईरहेको छ । एड्रियन अस्कर विनर नायक हुन् ।