वामी सेवा समिति जापानद्वारा दुख प्रकट गर्दै विज्ञप्ति सार्वजनिक

विष्णुप्रसाद आचार्य/भुवन काफ्ले/मुसिकोट/गुल्मी
वामी सेवा समिति जापानले दुख प्रकट गर्दै एक बिज्ञप्ति सार्वजनिक गरेको छ

वामी सेवा समिति जापानले आफ्नो स्थापनाकालको लामो समयसम्म निस्वार्थ भावले सेवा गरेको,राजनितिक रुपमा कुनैपनि भेदभाव नगरेको, परिश्रमले कमाएको र आफ्नो छाक काटेर आफ्नो गाउ

समाजको लागि सेवा गरेको तर सहयोग गर्ने क्रममा सहयोग रकम उठाउने र उक्त उठेको सहयोग रकम दीन दुखि तथा समाजसेवामा पुरा लगानी नगरी केहि रकम बचाउने गरेको भन्नेजस्ता कुराहरु पछिल्लो समयमा हल्लाको रुपमा बाहिर आएकोले वामी सेवा समिति जापानले दुख व्यक्त गरेको समितिका उपाध्यक्ष दिलिप थापाले नबखबरलाई जानकारी दिनुभयो

त्यस्तै शिक्षा,स्वास्थ्या; खेलकुद;सस्कृति संरक्षण, रितिरिवाज सँरक्षण , बाटोघाटो निर्माण, आपतविपतको अवस्थामा रहेकाहरुलाई यथासक्य सहयोग

दीनदुखिहरुलाई सक्दो सहयोग गरेको तर कतिपय व्याक्तिहरुले अनावश्यक बदनाम गर्नेजस्ता काम गरेकोप्रति समितिले खेद प्रकट गरेको समितिका अध्यक्ष कृष्णप्रसाद सापकोटा र सचिव महेन्द्र सापकोटाले हस्ताक्षर गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ

सहयोगको नाममा रकम उठाएर पिडित वा सम्बन्धित क्षेत्रमा पुरापुर रकम नबुझाउने गरेको भन्ने जिज्ञासा तथा कतिपयको आरोप प्रति समितिले खण्डन गर्दै आफुहरु पवित्र मनले मुसिकोट वासिहरुमा

सानातिना समस्या आउदा पनि सानै सहयोगले दुखिहरुको जीवनलाई ठुलो सहयोग पुग्न सकोस र उसको जीवनले नया मोड लिन सकोस भन्ने तर्ककासाथ यथासक्य सामाजिक कर्ममा क्रियाशिल रहेको पनि उल्लेख गरिएको छ, साथै यसमा समितिको कुनै किसिमको स्वार्थ नरहेको प्रष्ट पारिएको छ

हरेक काम गर्दा समितिले आफुहरुभन्दा अग्रजहरुसंग सल्लाह गरेर अभिभावकहरुको सल्लाहमा कामहरु गर्ने गरेकोमा आफुहरुले सरासर नचाहिने कर्म नगरेको कुरा प्रष्ट पारिएको छ

काम गर्ने क्रममा कहिकतै त्रुटिहरु भएका छन् भने चासो लागेका व्याक्तिहरुले समितिले गरेका कामकाजको दस्तावेज हेर्नको लागि पनि समितिले अनुरोध समेत गरेको छ

वामी सेवा समिति जापानले आफ्ना विभिन्न स्मारिकाहरुमा आफुले गरेका क्रियाकलापहरुको जानकारीहरु प्रस्तुत गर्ने गरेको समेत समितिले जनाएको छ
पछिल्लो समय मुसिकोट नगरपालिका वडा नम्बर ७ वामिटक्सार निवासी रेम श्रीस बिरामी भएकोले सहयोग अभियान चलाएको साथै विभिन्न साथीहरुले आफ्नै संयोजकत्वमा सहयोग रकम उठाएको र विभिन्न साथीहरुले उठाएका रकमहरु एकद्वार प्रणालीबाट हस्तान्तरण गर्ने र त्यसको पनि सबै हिसाब सार्वजनिक गर्ने विश्वाश दिलाउन समेत समितिले चाहेको बताइएको छ

समितिले आफ्नो स्थापनाकालको १३ वर्षसम्मको यात्रामा धेरै उद्दारका कामहरु गर्दै आएकोले यस पवित्र सस्थालाई जीवन्त कालसम्म पवित्र नै रहने गरि भावी पुस्ताको लागि समेत सामाजिक कामको लागि प्रेरित गर्ने उद्द्येश्य रहेको समितिले जनाएको छ

मातृभूमिप्रति गरेको स्वार्थ बिनाको सहयोगप्रति निराधार कसैले पनि अनावश्यक अफवाह नफैलाउन समेत समितिले अनुरोध गरेको छ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय