मनिषा खरेल;मुसिकोट नगरपालिका ९ लामाखेत गुल्मी
नौ महिना कोखमा राखी मलाइ जन्म दियौ;
ताते ताते भन्दै प्यारो ममतामा हुर्कायौ

दुख पिडा आफु सहि मलाइ फुर्कायौ
मेरो कष्ट हटाइदियौ अघि मलाइ बढायौ
स्कुलमा भर्ना गरि भविष्य यो दियौ
सधै मलाइ खुसि पार्ने कति महान थियौ
आसु तिमि अबबाट नझार है आमा
सधै खुसि ल्याउछु मैले तिम्रो जिन्दगीमा
आमा तिम्रो दुधको भारा भविष्यमा तिर्नेछु
दुखेको त्यो मनलाई फुलाउने प्रयास गर्नेछु
तिम्रो माया बिना कोहि जिउनलाई सक्दैन
संसारमा आमा भन्दा ठुलो कोहि हुदैन
किन्न पनि नपाइने खोज्दा पनि नभेटिने
जति कोसिस गरेपनि भुल्न नसकिने