आज निफ्राको शेयर मूल्य बढ्यो

आज बाजार बढे संगै निफ्राको शेयर मूल्य पनि बढेको छ। सुरुमा घटेको बाजार समाचार तयार पर्दा सम्म 22. ६२ अंकले बढेर २४९७ .०२ पुग्दा निफ्राको शेयर मूल्य १.५७प्रतिसत अर्थात् ८ रुपिया बढेर ५१६ मा कारोबार भहिरहेको छ।

५०८ बाट कारोबार सुरु गरेको निफ्राले ४८२ सम्म पुगेर फेरी मूल्य बढाउन सफल भएको छ। आज बढीमा निफ्राको शेयर ५३५ मा कारोबार भएको छ। समाचार तयार पर्दा सम्ममा ४ लाख ८१ हजार ७ सय ८० कित्ताको कारोबार भइसकेको छ।

लगानीकर्ताले आफु संग भएको शेयर होल्ड गरेको कारण पनि मूल्य बढ्न लागेको केहि लगानीकर्ताको भनाइ छ। बेलुका सम्ममा मूल्य अझै बढ्ने र भोलिको दिन बाट बुलिस ट्रेन्डमा जाने केहि विश्लेषकको भनाइ रहेको छ।

यो पनि पढ्नुहोस काठमाण्डाै – प्राथमिक शेयर अर्थात् आईपी‍‍‍‍ओको नतिजा हेर्नकै लागि नयाँ वेबसाइट सञ्चालनमा आएको छ ।

आईपीओको नतिजा हेर्नको लागि मेरो शेयरको वेबसाइट र मोबाइल एपले मात्रै नधान्ने भएपछि सीडीएस एण्ड क्लियरिङ लिमिटेडले नयाँ वेबसाइट ल्याएको हो ।

मेरो शेयरबाट आईपीओको नतिजा हेर्न समस्या भएको र धेरैजनाले एकैपटक हेर्दा चापका कारण अरु सेवा पनि प्रभावित भएपछि सीडीएस एण्ड क्लियरिङ लिमिटेडले नयाँ वेबसाइट ल्याएको हो ।

अब iporesult.cdsc.com.np मा आईपीओको नतिजा हेर्न सकिन्छ ।ईपीओको नतिजा मात्रै राखिने यो पोर्टल छिटो छरितो र धेरै लगानीकर्ताले एकैसाथ प्रयोग गर्न मिल्ने गरि बनाइएको लिमिटेडको दाबी छ ।

मेरो शेयर वेबसाइट र मोबाइल एपमा समस्या आएको भन्दै लगानीकर्ताले लामो समयदेखि गुनासो गर्दै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय