६ लाखसम्म लिने गरेको खुलासा, यस्तो लाजमर्दो हर्कतका कारण पक्राउ परिन् यी महिला

काठमाडौं । वैदेशिक रोजगारीमा पठाउने नाममा ठगी गर्ने एकजना पक्राउ परेकी छिन् । अष्ट्रेलिया पठाउँछु भन्दै ६ लाख ठगी गर्ने एक महिला पक्राउ पछि जेल चलान भएकी हुन् । अर्घाखाँची जिल्लाको साविक बाँगी–८ घर भइ काठमाडौं बस्दै आएकी बसन्ता आचार्य वैदेशिक रोजगार न्यायधिकरणको फैसलाले १ वर्ष ६ महिनाका लागि जेल चलान भएकी हुन् ।गत असार देखि फरार उनलाई नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सिआइबी) को टोलीले शुक्रबार काठमाडौंको केएल टावरबाट नियन्त्रणमा लिएको थियो । आचार्यले २०६९ कार्तिक १० गते रु ६ लाख लिएर अष्ट्रेलिया नपठाएपछि गुल्मीको धुर्कोट गाउँपालिका–२ पिपलधाराका हरी थापाले उनी बिरूद्ध २०७२ सालमा बैदेशिक रोजगार न्यायधिकरणमा मुद्दा दायर गर्नुभएको थियो । न्यायधिकरणले गत असार १८ मा आचार्यले ठगी गरेकोले १ वर्ष ६ महिना कैद र १ लाख ५० हजार जरिवानाको फैसला गरेको थियो ।आचार्यले बैदेशिक रोजगार ऐन २०६४ दफा १० र ४३ बमोजिम कसुर गरेकोले विगो ६ लाख र विगोको ५० प्रतिशत हर्जना ३ लाख गरी रु ९ लाख वादीलाई भर्नुपर्ने समेत न्यायधिकरणको फैसलामा उल्लेख गरिएको छ । न्यायधिकरणको फैसलापछि फरार रहेकी उनलाई पक्राउ गरेर कारागार जलान गरिएको हो । उनले यूट्युव च्यानलमा कार्यक्रम चलाउने र टेलिभिजन पत्रकार हुँ भन्दै ठगी गरेको खुल्न आएको छ । उनलाइ एक युट्युव च्यानलकै कार्यालयबाट नियन्त्रणमा लिइएको हो

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय