काठमाडौं – छोटो समयमा नै धेरैको मन जित्न सफल चर्चित टेलिभिजन प्रस्तोता हुन् रवि लामिछाने । न्युज २४ बाट प्रसारण भइरहेको कार्यक्रम सिधा कुरा जनतासँगबाट चर्चामा आएका टेलिभिजन प्रस्तोता रवि लामिछाने पछिल्लो समय सबैका प्रिय ब्यक्ति बनेका छन् । न्युज २४ मा निरन्तर ६० घण्टाभन्दा बढी अन्तरवार्ता कार्यक्रम संचालन गरेर विश्व रेकर्ड बनाएका रबिले आफ्नो बोल्ने क्षमताले धेरैको ध्यान तानिरहेका छन् । यसैक्रममा हालै रबि लामिछानेको एक नयाँ खबर बाहिरिएको छ । उनी अब नयाँ कार्यक्रममा आवद्ध हुने भएका छन् ।
हालै एसआरबिएन मिडियाले सार्वजनिक गरेको एक तस्विरमा लामिछाने नयँ कार्यक्रममा आउने संकेत गरेको छ । यस एसआरबिएन मिडिया चर्चित टेलिभिजन शो ‘को बन्छ करोडपति’ पनि ल्याएको हो । पोष्टरमा एसआरबिएन मिडियाका सिइओ विपिन आचार्य, क्रियटिभ डाइरेक्टर सुरक्षा अधिकारी र रवि लामिछाने देखिएका छन् । उक्त पोष्टरमा भनिएको छ ‘केहि फरक, केहि विशेष । छिट्टै घोषणा हुँदैछ ।’ सबैभन्दा धेरै राशिको पुरस्कार रहेको टेलिभिजन कार्यक्रम ‘को बन्छ करोडपति’ ल्याएको यस कम्पनीले लामिछानेलाई अनुबन्धन गरेको जनाइएको छ । यस कार्यक्रम बारे एसआरविएन मिडियाले थप जानकारी भने दिएको छैन ।
