शान्ति नेपाली समाज बेलायतको आर्थिक सहयोगमा निर्मित मुसिकोटको चारकोठे भवन उद्घाटन तथा हस्तान्तरण

सुरज भट्टराई/ गुल्मी/नबखबर

शान्ति नेपाली समाज बेलायतको आर्थिक सहयोगमा निर्मित नेपाल राष्ट्रिय माध्यमिक बिद्यालय मुसिकोट नगरपालिका ५ ईन्द्रेगौडाको ४ कोठे भवन एक कार्यक्रमको बिच उद्घाटन भएको छ ।

शान्ति नेपाली समाजको कुल बाईस लाख आर्थिक सहयोग र मुसिकोट नगरपालिकाको प्राविधिक सहयोगमा निर्मित भवन कार्यक्रम का प्रमुख अतिथि मुसिकोट नगरपालिका प्रमुख सोमनाथ सापकोटाले उद्घाटन गर्नुभएको हो ।

मुसिकोट नगरपालिकाका नगर प्रमुख सोमनाथ सापकोटाले प्रमुख अतिथिको रुपमा बोल्दै आफुहरु निर्वाचित भईसकेपछि जिल्लामै पहिलोपटक शिक्षा ऐन पारित गरि आफुहरु शिक्षाको विकासमा अगाडि रहेको बताउनुभएको थियो।

त्यस्तै उहाले ने रा मा वि अव भौतिक पुर्वाधार विकासमा पूर्ण भएको समेत बताउनुभएको छ।

उहाँले विद्यालय; बिद्यार्थी संख्या न्यून भएकाले नजिकैको संथागत विद्यालय आपसि समझदारीमा समायोजन गर्ने र सम्पूर्ण लगानि सके स्थानीयले गरेर आजिवन सदस्य बन्ने; नसके नगरपालिका सहयोग गर्न तयार रहेको कुरा पनि बताउनुभएको थियो ।

शिक्षाको विकासमा नगरपालिका सधै विद्यालयको साथमा रहेको कुरा उहाले प्रष्ट पार्नुभएको थियो ।

सोहि अवसरमा शान्ति नेपाली समाज वेलायत संस्थालाई धन्यवाद दिदै विद्यालयको तर्फबाट मायाको चिनो र प्रमाणपत्र दिएर सम्मान गरिएको थियो ।

उक्त्त विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तारानाथ भण्डारीको अध्यक्षयता रहेको

कार्यक्रम बिशिष्ट अतिथि शान्ति नेपाली समाज बेलायतकी पुर्व अध्यक्ष एवम सल्लाहकार सिता खरालको आथिथ्यतामा भएको कार्यक्रममा शिक्षक सुनिल भण्डारी ले स्वागत मन्तव्य प्रस्तुत गर्नुभएको थियो

भने शिक्षिका यमु पाण्डे भण्डारीले सन्चालन गर्नुभएको थियो।

कार्यक्रममा मुसिकोट नगरपालिका वडा नं ५ का वडाअधक्ष भागिरथ खरेल,शान्ति नेपाली समाजका साधारण सदस्य धुर्व खरेल ,न्यूलाईट वोडिङ स्कुल हटियाका संस्थापक अध्यक्ष मेघनाथ गैरे ,

हाम्रो नेपाली समाज बेलायतका निवर्तमान अध्यक्ष शिव खरेल , प्रतिनिधि लक्ष्मी खरेल,त्रिभुवन नमुना माबि खर्बाङ का शिक्षक प्रेम प्रसाद खराल,

कार्यपालिका सदस्य यमकला खराल निर्माण समितिका संयोजक शेषकान्त भण्डारी लगायत विद्यालयका बर्तमान तथा भुपु विद्यालय व्यवस्थापन तथा शिक्षक अविभावक संघ का पदाधिकारीहरु , पत्रकार , शिक्षक अविभावक , भुपु तथा वर्तमान विद्यार्थी लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा यज्ञलाल खराल ,प्रधानाध्यापक डिल ब अधिकारी, विशिष्ट अतिथि सिता खरेल, वडाअधक्ष भागिरथ खरेल प्रेम प्रसाद खराल मेघनाथ गैरे लगायतले मन्तव्य राख्नुभएको थियो

कार्यक्रममा विद्यार्थीले स्वागत गीत र रोमान्चक नृत्य प्रस्तुत गरेका थिए। बिशिष्ट अतिथिसमेत रहनुभएकी सिता खरालले आफ्नो संस्थाले देश तथा

विदेशमा गरेका कार्यहरू संक्षिप्तमा राख्दै भवन निर्माण समिति, निर्माण व्यवसायी आदिलाई धन्यवाद दिदै आगामी दिनमा संस्थाबाट हुनसक्ने सहयोग निरन्तर हुने वताऊनु भएको थियो।

संगसंगै विद्यालयका चन्दादाता सम्मान, एस ई ई र +2 परिक्षामा उत्कृष्ट अंक प्राप्त गर्ने बिद्यार्थीलाई पुरस्कृत गरिएको थियो

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय