प्रधानमन्त्री ओलीले राजीनामा दिन्छु भनेपछि …

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली गत सातादेखि काठमाडौ महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिस भाष्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत छन् ।

उनको स्वास्थ्य अवस्थाका विषयमा विभिन्न अ’डकल र अनुमानको खेती गर्नेहरु पनि कम छैनन् । बजारमा प्रधानमन्त्री ओलीको स्वास्थ्यका विषयमा अनेक अनुमानको खेती भईरहँदा हिजो (सोमबार) प्रधानमन्त्री ओलीले भिडियो सन्देश सार्वजनिक गर्दै आफू ठिक रहेको र स्वास्थ्य अवस्था निकै सुधार हुँदै गएको बताएका छन् ।

उपचारमा संलग्न बरिष्ठ मुटुरोग विशेषज्ञ प्रा.डा. अरुण सायमीले प्रधानमन्त्री ओली निकै जब्बर व्यक्ति रहेको बताउँदै प्रधानमन्त्री ओलीको ‘फुल कन्फिडेन्ट’का कारण स्वास्थ्यमा तीव्र सुधार आएको जनाएका छन् ।

डा. सायमीको यो भनाईबाट पनि प्रधानमन्त्री ओलीको दृढ आत्मविश्वास झल्किन्छ । त्यासो त प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार आउनासाथ उपचारमा संलग्न चिकित्सक र नर्सहरुसँग ठट्यौली शैलीमा कुराकानी गरेको पनि बताईएको छ ।

दुईदिन अघि चिकित्सकहरुको टोली प्रधानमन्त्री ओली उपचाररत सघन कक्षमा पुग्यो । त्यसपछि एक बरिष्ठ चिकित्सकले प्रधानमन्त्री ओलीलाई साधे –हजुरलाई कस्तो छ ? जबाफमा प्रधानमन्त्री ओलीको भनाई उ’दृत गर्दै एक चिकित्सकले भने – ‘मलाई कस्तो पनि छैन, टुडिखेलमा गएर फुटबल खेलौ खेलौ जस्तो भईरहेको छ’। प्रधानमन्त्री ओलीको यो भनाई सुनेपछि सबै मज्जाले हाँस्न पुगे ।

त्यसो त एक दिन प्रधानमन्त्री ओलीले उपचारमा संलग्न नर्सलाई एकाएक सबै चिकित्सकहरुलाई बोलाउन लगाए । प्रधानमन्त्री ओलीले बोलाउन पठाएको भनेपछि सबै चिकित्सकहरु हस्याँङ–फस्याँङ गर्दै दौडिदै आईपुगे, के–के न भयो भन्दै । चिकित्सकहरु आएपछि प्रधानमन्त्री ओलीले भनेछन् – ‘हामी सबै जना दौडौँ ’ ।

एक चिकित्सकले भनेछन् – किन दौडिने ? प्रधानमन्त्री ओलीले जबाफमा भनेछन्–‘ तपाईहरु सबैलाई म दौडेर जित्न सक्छु, जित्न सकिन भने प्रधानमन्त्री पदबाट राजिनामा दिन्छु । मलाई निको भईसक्यो, तपाईहरुले मलाई त्यत्तिकै थुनेर राखिरहनुभएको छ । मैले धेरै काम गर्नुछ सिंहदरबार गएर ।’ प्रधानमन्त्री ओलीको यस्तो भनाई सुनेर सबै एकैछिन जिल्ल परे र सबै जना गलल्ल हाँसे ।

राती मोबाईल प्रयोग गर्दा हुने हानीहरु छोटकरीमा

तौल बढ्ने

सुत्ने बेलामा मोबाईल फोन प्रयोग गर्नाले मेटाबलिज्म प्रोसेसमा असर पर्छ । जसले गर्दा हाम्रो तौल बढ्छ ।

समस्या समाधानमा कठीन

सुत्ने बेलामा मोबाईल प्रयोग गर्नाले हामी त थाक्छौ नै यसका साथै हाम्रो ब्रेन पनि थाक्ने गर्छ । जसका कारण कुनै पनि समस्याको सजिलै समाधान निकाल्न सकिदैन । हामीमा सोच्ने शक्तिको कमी हुन्छ ।

दिमागलाई असर

सुत्ने बेला मोबाईल फोनको प्रयोग गर्नाले दिमागलाई धेरै सोच्नु पर्ने हुन्छ । जसका कारण मेमोरी लसको समस्या पनि उत्पन्न हुन सक्छ ।

आँखामा प्रेशर

अंधेरोमा मोबाईल प्रयोग गर्नाले आँखामा धेरै प्रेशर पर्छ । जसले गर्दा आँखा रातो र कमजोर हुने समस्या हुन सक्छ । यसले आँखाको समस्या बढ्ने गर्छ ।

निन्द्रामा समस्या

यदि तपाँई मोबाईल छेउमा राखेर सुत्नुहुन्छ भनेपनि तपाईको लागी खतरा पनि छेउमै हुन सक्छ । मोबाईल छेउमा राख्दा नोटीफिकेशन अन अफ ,र भाईब्रेशनका कारण निन्द्रा गडबड हुन्छ । निन्द्रा पुरा भएन भने हामीलाई काम गर्न कठीन पर्छ ।

ध्यान दिन नसक्नु

मोबाईलको प्रयोग रातीमा गर्नाले फोकसमा समस्या हुन्छ । यसले हामीमा ध्यान दिने र सुन्ने समस्या उत्पन्न हुन्छ । डिप्रेसन यदि तपाई मोबाइल चलाईरहनु हुन्छ भने तपाईलाई डिप्रेसन भएको हुनसक्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय