प्रतिनिधि सभा पुनः स्थापना भएपछि गुल्मीमा पनि दीप प्रज्वलन गरि खुसी साटियो

अनिष पन्थी/ गुल्मी/ नबखबर सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनः स्थापना गरेपछि देशभर नागरिकहरु

खुसी का साथै ठाउँठाउमा दिप प्रज्वलन गरेका छन । यस्तै गुल्मीमा पनि यहि खुसियालीमा मंगलबार साझपख जिल्ला प्रशासन कार्यलय अगाडि दीप प्रज्वनल गरिएको छ ।

कार्यक्रममा नेकपा प्रचण्ड–माधव समूहका नेता कार्यकर्ता, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी,

जनमोर्चा , नागरिक समाज लगायतले दीपावली गरेका हुन्।

उनीहरुले नेपाली जनताको पक्षमा न्यायालय रहेको अनुभूति भएको बताएका छन्।

पुस ५ गते वर्तमान नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनपछी टोलटोलमा अनेक

अड्कलबाजी चलिरहेका बेला सर्वोच्च अदालतले न्यायको अनुभूति दिलाएको भन्दै देशका अधिकांश ठाउमा दीप प्रज्ज्वलन गरिएको हो

सोहि अवसरमा गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर ८ मा पनि दीप प्रज्ज्वलन गरिएको त्यहाबाट सन्दिप खत्रीले नबखबरलाई जानकारी दिनुभयो

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय