गुल्मीका दुई विद्यालयको सहकार्यमा भुकम्प सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न

अनिष पन्थी/ गुल्मी/ नबखबर

गुल्मीमा भु’कम्प सम्बन्धि जनचेतनामुलक अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

आइ एस ए इन्ट्रनेसनल स्कुल अवार्ड अन्तरगत रहेर

जिल्लाको सिद्धबाबा मा वि तम्घासले ३ दिने भुकम्पसम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ ।

जिल्लाको रेसुङ्गा नगरपालिका तम्घासमा रहेको ब्रिलियन्ट युनाइटेड एकेडेमीसङ्ग सहकार्य गर्दै दुबै बिधालयका कक्षा ८ का बिद्यार्थीहरुलाइ सहभागी गराइ भुकम्प के हो?

र यसबाट हुने सम्भावित जोखिमालाइ कसरी कम गर्न सकिन्छ?

भन्ने बारेमा बिद्यार्थीको माध्यमद्वारा समाजमा चेतना फैलाउने उद्देश्यले उक्त कार्यक्रम सन्चालन गरिएको सिद्धबाबा मा बि का शिक्षक बिनोद तिम्सिनाले जानकारी दिनुभएको छ।

उक्त कार्यक्रम सिद्धबाबा मा वि तम्घासका शिक्षकहरु रबि घर्ति र बिनोद तिम्सिनाको अगुवाइमा सन्चालन भएको थियो

सो कार्यक्रममा कक्षाभित्र कक्षा बाहिर हामी कसरि सुरक्षित रहन सकिन्छ ?भन्ने बारेमा बताइएको थियो ।

आइतबारदेखि सुरु भएको कार्यक्रमको अन्तिम दिन मंगलबार दुबै विद्यालयका कक्षा ८ का विद्यार्थीहरुले सिद्धबाबा माध्यमिक बिधालयमा रहेको भुकम्प मापक यन्त्रको अवलोकन साथै दुबै

विद्यालयको सहकार्यमा छोटो जनचेतनामुलक नाटक समेत प्रस्तुत गरिएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय